१७ पौष २०७९/झापा

१० औं अन्तराष्ट्रिय नेपाली टोपी दिवशको अवसरमा आज झापाको दमकमा शताब्दी पुरुष तिलचन दाहाललाई सम्मान गरिएको छ । विक्रम् सम्बत १९७६ सालमा जन्मनु भएका दाहाल १ सय ४ बर्षसम्म पनि स्वास्थ्य नै हुुनु हुन्छ । कमल गाउँपालिकाबाट दमकमा बसाई सरी १० बर्ष देखि बसोवास गर्दै आउनु भएको उहाँलाई दमक नगरपालिकाकी उपप्रमुख कार्यक्रमकी प्रमुख अतिथि रेगिना भट्टराईले सम्मान पत्र र नेपाली टोलीले सम्मान गर्नु भएको छ । यसै गरी कार्यक्रममा नेपाली लोक सँस्कृतिका चर्चित गायक सिताराम ताजपुरियालाई पनि सम्मान गरिएको छ ।

अंग्रेजी नयाँ बर्ष २०२३ विश्वमा मनाइरहँदा नेपालीको पहिचान बढाउन नेपाली टोपी नेपालीको पहिचान भन्ने नाराका सार्थक बनाउन सम्मान सहित टोपी वितरण कार्याक्रम गरिएको आयोजक जिवन चक्र समाजका अध्यक्ष गणेशप्रसाद गौतम्ले बताउनु भयो । कार्यक्रममा स्थापित साहित्यकार, कलाकर्मी लगायतले नेपाली पहिचान विश्वभर फैलाउनु पर्नेमा जोड दिँदै मन्तव्य र रचना समेत प्रस्तुत गरेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *