आज साँझ लभडाँडामा स्कुटी र बाइक ठाेकिँदा एककाे मृत्यु

२० पाैष २०७९, झापा– स्कुटी स्कुटीबीच ठक्कर हुँदा झापाकाे कमल गा.पा. ५ लवडाँडामा अाज अपरान्ह एक जनाकाे मृत्यु भएकाे छ ।  पूर्वबाट पश्चिम तर्फ आउदै गरेको प्र१-०१-०१६ प २०९४ नं. को स्कुटि र विपरित दिशाबाट जाँदै गरेको मे २ प २१५७ नम्बरकाे माेटर साइकल र पश्चिमबाट पुर्व तर्फ नै जादै गरेको प्र १-०१-०१५ प ७४८७ नं. को स्कुटि एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मे २ प २१५७ नं. को माेटर साइकल चालक मोरङ जिल्लाकाे मिक्लाजुङ गाउँपालिका वडा नं. ७ बस्ने ३८ बर्षीय नरेन्द्र सेलिङको मृत्यु भएकाे हाे । सेलिङलाइ उपचारको लागि लाईफलाईन अस्पताल लाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

मृतक लास दमक अस्पताल दमक पठाईएको छ ।  सोहि मोटर साइकलमा पछाडि सवार जि.झापा शिवसताक्षि नपा ९ बस्ने वर्ष २४ को मनोज लिम्बु तल्लो ओठमा सामान्य चोट लाईफलाईन अस्पताल दमकमा उपचार भई रहेको छ ।  यस्तै प्र१-०१-०१६ प २०९४ नम्बरको स्कुटी चालक ईलाम जिल्लाकाे चुलाचली गाउँपालिका वडा नं. १ बस्ने वर्ष ३५ को सन्तोष लिम्बु, प्र १-०१-०१५ प ७४८७ नं. को स्कुटी चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका वडा नं. २ बस्ने २४ बर्षीय तेजराज कटवाल र तिनै वटा सवारी साधनलाई इलाका प्रहरी कार्यलय दमकले नियन्त्रणमा लिएकाे जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कबड्डी खेल्नेक्रममा दमकमा एक विद्यार्थीको मृत्यु
Next post नक्कली सुन देखाएर ठगी गर्नेलाई पक्राउ