प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

२४ पाैष २०७९,विराटनगर– प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आइतबार एमाले संसदीय दलका नेता समेत रहेका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । कार्की झापा ५ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

कार्कीले सोमबार साढे २ बजे शपथ ग्रहण गर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेशसभामा रहेका एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post योजना अलपत्र हुँदा हटेन चुरे क्षेत्रको खानेपानी समस्या (फाेटाे फिचर)
Next post पेट्रोलियम पदार्थको मूल्य घट्याे