जहाज दुर्घटनाका कारण भोलि एक दिन शोक बिदा दिने सरकारको निर्णय
१ माघ २०७९,काठमाडौं– सरकारले पोखरा जहाज दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भोलि एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको आकस्मिक बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने गरेको मन्त्री राजेन्द्रकुमार राईले जानकारी दिनुभयो ।
दुर्घटनाका कारण पहिचान गर्न छानबिन समिति पनि गठन गरिएको उहाँले बताउनुभयो । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको छ । आयोगलाई ४५ दिनको समय दिइएको छ । सरकारले जहाज दुर्घटनामा परेकाहरुको उद्धार तीब्र बनाउने निर्णय गरेको छ । साथै घटनास्थलमा पुगेर जानकारी लिनका लागि प्रधानमन्त्रीसहित उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र रवि लामिछाने जाने निर्णय गरेको छ ।
More Stories
३ सय घर परिवार बाढी पीडितलाई राहत सामाग्री वितरण (फाेटाे फिचर)
११ कार्तिक २०८१/झापा बाढीको अति चपेटामा परेका ३ सय घर परिवारलाई लक्षित गरी राहत सामाग्री वितरण थालिएको छ । अन्तराष्ट्रिय...
दमक हत्यामा संलग्न ३ जना सार्वजनिक
११ कार्तिक २०८१, झापा– झापाको दमक-९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न भएकाे भन्दै तीनजनालाई झापा प्रहरीले...
हत्यारा पक्राउ नगरेको भन्दै दमकमा तनाब (फाेटाे फिचर)
१० कार्तिक २०८१/झापा झापाको दमक नगरपालिका वडा नं. ९ का ३७ बर्षीय यमु निरौलाको हत्यामा संलग्नलाई पक्राउ नगरेको भन्दै दमकबासी...
बेमौषमी बर्षाले कुरिलो खेतीमा समस्या
९ कार्तिक २०८१/डिकेश लामा यस बर्ष झापामा लामो समयको अधिक गर्मी पछि परेको अविरल बर्षाले कुरिलो खेती गर्ने किसानहरु मारमा...
शून्यकाे विरूद्ध ६ गाेल गर्दै नेपाल शीर्ष स्थानमा पुग्याे
८ कार्तिक २०८१, काठमाडौं– जारी साफ महिला फुटबल च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई शून्यकाे विरूद्ध ६...
दमकमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिँदै
८ कार्तिक २०८१/झापा झापाको दमक नगरपालिकाले दशैंको विदा पछि वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र वितरण थालेको छ । यस अघि...