दमकको आगलागी घटना छानविन गर्दै पीडितलाई सहयाेग गर्न मुख्य मन्त्री कार्कीको निर्देशन
१ माघ २०७९/दमक
झापाको दमकमा भएको आगलागी सुनियोजित भए तत्काल घटनाको छानविन गर्न मुख्य मन्त्री हिक्मत कार्कीले निर्देशन दिनु भएको छ । आगलागी भएको स्थलको आज साँझ अनुगमन गर्दै कार्कीले आगलागी पीडित व्यवसायीलाई सवै तहका सरकार र संघसंस्थाले सहयोग गर्नु पर्ने बताउनु भएको छ ।
अनुगमनमा मुख्य मन्त्री कार्की समक्ष नगर प्रमुख रामकुमार थापाले आगलागी घटना शंकास्पद भएकाले सुरक्षा प्रवन्धमा समेत कडाइ गर्नु पर्ने बताउनु भएको छ । आइतबार विहान साढे ३ बजे तिर आगलागी बाठ ५ वटा पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ भने अन्य २ वटा पसल आगलागी नियन्त्रणमा भत्काइएको छ ।
आगलागीबाट के कति क्षति भयो भन्ने विवरण आइ नसके पनि ५ करोड भन्दा धेरैको क्षति भएकोृ अनुमान गरिएको नगर प्रमुख थापाले बताउनु भयो । घटनामा संलग्न भएको आशंका १ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरिक्षक दिलिपराज गिरीले बताउनु भयाे । घटना शंकास्पद रहेको बताइएको छ । आगलागीमा परेर संगीता श्रेष्ठ, विजय श्रेष्ठ, कृष्ण न्यौपाने, पुनम घिमिरेको कपडा तथा कस्मेटिक पसल जलेका छन् ।