पाेखरामा भएकाे यति जहाजकाे दुर्घटनामा ६९ लाश भेटियाेः ४६ वटा लाश भाेलि काठमाण्डाैं पठाइने

२ माघ २०७९,पोखरा– यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका ६९ जनाकाे लाश फेला परेकाे छ ।  संकलन गरिएकाे लाश मध्ये क्रु मेम्बर, विदेशी र पहिचान नभएका शव भोलि (मंगलबार) मात्रै काठमाडौं पठाइने भएको छ ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उद्धार तथा समन्वय केन्द्रका अनुसार ४६ जनाको शव काठमाडौं पठाइने भएको छ । त्यस्तै २३ जनाको शव भने पोखरामै अभिभावकलाई बुझाइएकाे छ ।

सोमबार साँझसम्म लाश संकलनमा समय वितकाले मंगलबार बिहान ९ बजेपछि शव काठमाडौं पठाइने तयारी गरिएकाे सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताउनु भयाे । उहाँका अनुसार हालसम्म फेला परेका ६९ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । तीनजना अझैँ बेपत्ता छन् । बेपत्ताको खोजी कार्य पनि जारी रहेकाे बताउनु भएकाे छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले सेती खोंचमा खोजी कार्य जारी राखेको छ ।

‘पानीबाहिर देखिएका शव निकालिएको र अन्य शव पानीभित्र रहेको आशंकामा एपीएफको गोताखोर टोलीले खोजिरहेको छ,’ उहाँले भन्नु भयाे, ‘खोंचमा समेत उद्धार टोलीले खोजी कार्य गरिरहेको छ । उद्धारमा नेपाल प्रहरीका दुई कुकुरसमेत परिचालन गरिएको छ ।’
अस्पतालको पोस्टमार्टम गृहमा भएका ६९ मध्ये ४४ शवको पहिचान भएको छ । पहिचान भएका शवको पोस्टमार्टम प्रक्रिया सुरु भइसकेको अस्पतालका निर्देशक डा.भरतबहादुर खत्रीले बताउनु भयाे ।

मृतककाे आत्माकाे चिरशान्तिकाे कामना गर्दै शाेक सन्तव्ध परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलाेस् , सारासन्देश परिवार हार्दिक समवेदना प्रकट गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकको आगलागी घटना छानविन गर्दै पीडितलाई सहयाेग गर्न मुख्य मन्त्री कार्कीको निर्देशन
Next post नेपाली भाषी भूटानीको न्यायका लागि भूटानकाे यात्राः छेगेन मेतो विश्वभर छरिँदै