
नेपाली भाषी भूटानीको न्यायका लागि भूटानकाे यात्राः छेगेन मेतो विश्वभर छरिँदै
देश छाड्दाकाे पीडा पाेख्दै भूटानीः न्याय खाेज्दै डिजिटल आन्दोलनको शुरुवात
२ माघ २०७९/डिकेश लामा
नेपाली भाषी भूटानीहरुका आन्दोलनका जिवीत रहेका नेतृत्व मध्ये एउटा अग्रज नाम टेकनाथ रिजालको हो भन्न सकिन्छ । उहाँले सन् १९८९ मा वी वान्ट जस्टिस भन्ने पुस्तिका शुरु गरेर भूटानमा आन्दोलनको शुरुवात भएको थियो । त्यही आन्दोलनले एक लाख बढी भूटानीहरुले देश छाड्नु परेको एउटा भोगाइको घटनालाई जिवन्त बनाउँदै भूटानीहरुको अधिकार भूटानमा सुनिश्चित गर्न हालै आएर छेगेन मेतो नामक संस्थाले न्यायका लागि भूटान यात्रा शुरुवात गरेको छ ।
मेतोले हालै आएर जोर्नी टु भूटान फर जस्टिस नामक पुस्तक हालै आएर सार्वजनिक गरेको छ । गुहाटी आसामको पूर्वायोन पब्लिकेशन प्रा.लि.मा छपाई गरिएको पुस्तक भूटानी नेतृत्वका अग्रज स्व. डा. भम्पा राई अध्यक्ष रहेको छेगेन मेतो मार्फत छपाई गरिएको हो ।
जुन पुस्तक हालै मात्र नेपालका उच्च राजनैतिक दल, संघ संस्था, शरणार्थीहरुको रेखदेखमा कार्यरत निकाय लगायतका उच्च पदाधिकारीको हातमा पुस्तक प्रदा नगरिएको छ ।
पुस्तकले भूटानी शासकले नेपाली भाषी माथि गरेको तानाशाही व्यवहार र देश छाडेर हिड्नु परेको पीडालाई समेटेको छ । पुस्तकले अव के गर्दा भूटानको देखावटी प्रजातन्त्रलाई वास्तविक प्रजातन्त्र र सार्वभौमिक अधिकार जनताको हातमा पुर्याई विश्वका १० वटा मुलुकमा छरिएका नेपाली भाषी भूटानीलाई आफ्नो पूख्र्यौली देशमा सहज आवातजावत गर्न सकिन्छ भन्ने मार्ग खोज्न एकताको वाटोको खोजी गरिएको पुस्तका सम्पादक एनबी गिरीले जानकारी दिनु भएको छ । गिरीका अनुसार लामो समय प्रवासी जिवन विताएका भूटानीहरुको हक अधिकार प्राप्ती र भूटान देशलाई लोकतान्त्रिक मुलुक बनाइ नेपाली भाषीलाई न्याय दिन सकिन्छ भन्ने मुद्धाको उठानको लागि विश्वमा छरिएका नेपाली भाषी भूटानी दविएको आवाजको उजागरको थालनी भएको बताउनु भएको छ ।
पुस्तक विश्वका वौद्धिक जमातको एकासौं सताब्दीको शान्तिपूर्ण संवादको रुपमा न्यायको खोजीको लागि पाइला बन्ने पब्लिकेशनका अगुवा डा. अमृतकुमार उपाध्ययले उल्लेख्य गर्नु भएको छ । पुस्तक भित्र मानव अधिकारको माग, भूटानी शरणार्थी न्यान देऊ, राजा जिग्मे खेशर न्याम्ग्येल वाङचुक एउटा खुल्ला पत्र, जननी जन्मभूमिच्श्य स्वर्गदपी गरियसी, न्यायका लागि भूटानका यात्रा लगायतका ३८ वटा भूटान र भूटानी शरणार्थीले भोगेका पीडा र समाधानका लागि माग गरिएको लेख रचना समेटिएका छन् । पुस्तकमा डा. भम्पा राई, अस्मिता भारध्वोज, डम्बरसिंह काफ्ले, टोम अधिकारी, केबी चौहान, देविचरण बस्नेत, गंगा लामिटारे, टिकाराम रसाइली लगायतका ४० जना भन्दा धेरै स्थापित र भूटानी समाजमा स्थापित स्रजकका रचना र वास्तविक भोगाइलाई समेटिएको छ ।पुस्तकमा छेगेन मेतोको जिम्मेवार पदाधिकारीको नामावली समेत समेटिएको छ । पुस्तकमा शुभचिन्तकको रुपमा नेपाल, भारत, अमेरिका, वेलायत, अष्ट्रलिया, न्यूजिल्याण्ड, नर्वे, नेदरल्याण्ड, डेनमार्क लगायत भूटानीहरु स्थानान्तरण भएका देशबाट सहभगी रहेका छन् । छेगेन मेतो भूटानी बौद्धिक व्यक्ति, अधिकारकर्मी, डाक्टर, वकिल, शैक्षिक व्यक्तित्वहरुको तदर्थ समिति रहेको संस्था भएको र यसको उदेश्य न्याय प्राप्ती रहेको पुस्तकमा उल्लेख्य गरिएको छ ।
छेगेन मेतो भूटानीहरुको पछिल्लो बोद्धिक जमातको एक प्रकारको शान्तिपूर्वक ढंगले भूटानमा दबाव दिएर नेपाली भाषीको हितमा न्याय प्राप्त गर्न गठन गरिएको बताइएको छ । न्यायका लागि भूटान यात्रा पछिल्लो समय आएर नेपाल, भारत र भूटान सहित विश्वका ८ वटा विकसित मुलुकमा पुगेका नेपाली भाषीको हातमा पुर्याउने काम भइरहेको छेगेन मेतोले जानकारी दिएको छ ।