झापा जिल्लामा लागु औषधको घटना बढ्दै

३ माघ २०७९/डिकेश लामा

झापा जिल्लामा पछिल्लो समय लागु औषधको घटना बढेसँगै अपराधजन्य घटना समेत बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार झण्डै दिन १ जना मानिस लागु औषध कारोवारकै कारण जेल चलान हुने गरेका छन् । झापाको जिल्ला कारागारमा पछिल्लो तथ्याङ्क अनुसार झण्डै १५ सय हाराहारीमा कैदी बन्दी रहेका छन् । जस मध्ये आधा भन्दा धेरै लागु औषधको मुद्धामा जेल जिवन विताउँदै आएका छन् । भारतीय खुल्ला सिमानाका कारण लागु औषधको घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायब उपरिक्षक बसन्त पाठकले बताउनु भयो । पाठकका अनुसार प्रहरीको सक्रीयता बढेकाले पनि लागु औषधको कारोवार गर्नेहरु धेरै पक्राउ परेका हुन् । लागु औषधको घटना कम गर्न सवै नागरिक समेत सचेत नभए समाजमा थप अपराधिक घटना बृद्धि हुन सक्ने उहाँले बताउनु भयो ।


लागु औषध प्रयोगकर्ताहरु अधिक मात्रामा मध्यम परिवारका हुने गरेका छन् । अभिभाकत्वको अभावमा विधालय छाडेका बालबालिका समेत कुलतमा फस्ने गरेको दमक नगर बाल संजालका सचीव रामप्रसाद खतिवडाले बताउनु भयो  । १ सय ४४ किलो मिटर क्षेत्र झापा भारतसँग जोडिएको छ । मुख्य काँकडभिटा र भद्रपुर नाका बाहेक अन्य क्षेत्रमा दैनिक सुरक्षाको व्यवस्था हुन सक्दैन । जसले गर्दा रातारात कारोवार हुने गरेको सिमावर्ती क्षेत्रका बासिन्दाले बताएका छन् । जिल्ला प्रहरी कार्यालयले गएको बर्ष मात्र पक्राउ परेका मध्ये २ सय ८७ जनालाई लागु औषध सम्बन्धी मुद्धा चलाइएको छ । लागु औषध नियन्त्रणमा सवैले चासो नदिने हो भने समाजमा अपराधजन्य घटना समेत बृद्धि हुँदै जाने सामाजिक अगुवाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाली भाषी भूटानीको न्यायका लागि भूटानकाे यात्राः छेगेन मेतो विश्वभर छरिँदै
Next post बिमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पाैडेलकाे सम्झनामा झापामा उभिएरै शोक सभा