झापामा रैथानेबाली फापर फैलिँदैः २ बर्ष यता दाेब्बर क्षेत्रमा विस्तार (फाेटाे फिचर)
७ माघ २०७९/डिकेश लामा
बजारमा माग र मुल्य बढेसँगै झापामा लोपोन्मुख रैथाने बाली फापर खेती तर्पm किसानको आकार्षण बढ्न थालेको छ । स्थानीय तह र कृषि सहकारी संस्थाले प्रोत्साहन अनुदान र प्राविधिक सहयोग समेत सहज बनाए पछि फापर खेती तर्फ किसानको आकार्षण बढेको हो ।
रैथानेबाली फापरको पछिल्लो समय उपभोक्ताको रुचीमा पर्न थाले पछि यसको खेती विस्तार समेत बढ्न थालेको छ । गौरादह नगरपालिकाले रैथाने बाली संरक्षणमा अनुदान बजेट विनियोजन तथा सामुदायिक विऊ प्रशोधन केन्द्रले खरिद गर्ने भए पछि किसानहरुको आकार्षण बढुदै गएको प्रशोधन केन्द्रका व्यवस्थापक हेमराज विष्टले बताउनु भयो । विष्टका अनुसार अघिल्ला बर्षहरूमा भन्दा फापर खेतीमा अाकार्षण बढ्दै गएकाे छ ।
यस्तै यस अघि बाँझै रहेन झापाको दक्षिणी भूभागमा समेत फापर खेती बढ्न थालेको छ । केही बर्ष अघिसम्म प्रति मन १ हजार रुपयाँमा विक्री गर्न समस्या हुने फापर अहिले घरघरमै २ हजार बढी मुल्यमा विक्री हुन थाले पछि किसानले फापर लगाउन थालेको गौरीगंज १ सिमावर्ती क्षेत्रका किसानले बताएका छन् । यस अघि कमल गाउँपालिकाले समेत फापर खेतीमा अनुदानको कार्याक्रम संचालन गर्यो । जसले गर्दा किसानहरुले फापर खेती बर्षेनी गर्न थालेका छन् । मानवीय स्वास्थ्यमा फाइदा गर्छ भन्ने कुरा थाहा पाउँदै जान थाले पछि यसको माग समेत बढेकाले खेतीमा आकार्षण बढेको अगुवा किसान इन्द्रकुमार श्रेष्ठले बताउनु भयो ।
लोपोन्मुख स्थानीय जातका रैथाने बाली घट्दै गएको वेला फापर खेती भने बढ्न थालेको छ । अघिल्लो बर्ष भन्दा झण्डै ७ सय हेक्टर क्षेत्रफल बढेर जिल्लामा साढे १८ सय हेक्टरमा खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङक रहेको छ ।