साँस्कृतिक पहिचान बचाउनु पर्छः मुख्य मन्त्री कार्की
प्रदेशकाे नामाकरण छिट्टै टुङगाे लगाइने
८ माघ २०७९/दमक
साँस्कृतिक पक्षलाई कसरी विकास र संरक्षण गर्दा विश्व सामु नेपालीको पहिचान हुन्छ भन्ने कुरामा जोड दिनु पर्ने प्रदेश नम्बर एकका मुख्य मन्त्री हिक्मत कार्कीले बताउनु भएको छ ।
२८५९ औं सोनाम ल्होछारको अवसरमा आज दमकमा भएको सामुहिक ल्होछार कार्याक्रममा मुख्य मन्त्री कार्कीले साँस्कृतिक विकासका लागि सवै जातजातिको पहिचान र सँस्कृतिको जर्गेना गर्न प्रदेश सरकार तत्पर रहेको बताउनु भएको छ । यस्तै उहाँले फरक प्रसंगमा देशको ६ वटै प्रदेशका नामाकरण भइसक्दा आफूहरुले नाम राख्न नसक्दा चुनावमा जनताको घरदैलोमा पुग्दा समेत जनताको सुझाव प्रदेशको नामकरणमा ढिलाई भएको भन्ने आएकाले आगामी प्रदेशसभाबाट सकेसम्म राजनैतिक सहमति नभए संवैधानिक व्यवस्था अनुरुप प्रदेशको नामाकरण गर्ने बताउनु भयो ।
खासगरी तामाङ जातिको ल्होछार ल्हो बर्ष र छार नयाँ अर्थात नयाँ बर्ष फेरिन्दा मनाइने मुख्य चाड भएको तामाङका अगुवाहरुले बताएका छन् । बाघ बर्षलाई विदाइ गर्दै यस बर्ष हे अर्थात खरायो बर्षलाई स्वागत गरिएको छ । तामाङ जाति र हिमाली भेगका आदिवासीहरुले मनाउने ल्होछार पर्व १५ दिन सम्म मनाइने भएकाले कम्तिमा यो समूदायका लागि ३ दिन विदा दिनु पर्ने नेपाल तामाङ घेदुङका पूर्व प्रदेश प्रमुख मित्रसेन योञ्जनले बताउनु भयो ।
कार्याक्रममा माओवादी केन्द्रका प्रदेश नम्बर एकका कोषाध्यक्ष गगन पुरीले धार्मिक तथा साँस्कृतिक एकताको सकरात्मक ढंगबाट विकास गर्नका लागि पार्टीले धर्म निरपेक्षता हासिल गर्न लामो समय द्वन्द्वमा होमिनु परेको बताउनु भयो । यस्तै दमक नगर पालिकाका प्रमुख राम थापाले जातिको विकासका लागि कार्याक्रमको खर्च नभइ ठोस विकास गर्नु पर्नेमा आफूले जोड दिएको बताउनु भयो ।
यस्तै उपप्रमुख रेगिना भट्टराई प्रसाईले यस्ता जातिय सँस्कृति र पर्वको संरक्षणमा स्थानीय सरकार सँधै सकरात्मक भएकाले दमक क्षेत्रमा भौतिक पूर्वधार मात्र नभई साँस्कृतिक क्षेत्रको विकासमा समेत आफूहरुले चासो दिएको बताउनु भयो ।
कार्याक्रममा दमक क्षेत्रका विभिन्न राजनैतिक तथा सामाजिक संघसंस्था अगुवाहरुको समेत उपस्थिति रहेको छ ।
कार्याक्रममा दमक तथा सो आसपास क्षेत्रका तामाङहरुले साङगे छ्योइलिङ बौद्ध गुम्बामा विहान लामा गुरुहरुबाट पूजा गरेर सामुहिकरुपमा साँस्कृतिक कार्याक्रम सहित ल्होछार मनाइएको दमक नगर घेदुङका अध्यक्ष दुर्गा तामाङले बताउनु भयो । कार्यक्रममा सहयाेगी संस्था र अगुवालाइ मायाकाे चिनाे र सम्मान पत्रले सम्मान समेत गरिएकाे छ ।