तस्करीकाे निशानामा गैंडाः खागकाे काराेवार गर्न गैंडाकाे शिकार बढ्दै
९ माघ २०७९, चितवन– ३ दिन अघि नारायणी नदीको किनारमा पर्ने मध्यबिन्दु नगरपालिकास्थित अमलटारी क्षेत्रमा दुईवटा गैंडा मृत अवस्थामा भेटिएका थिए । अन्दाजी १४ वर्षको पोथी गैंडाको खाग निकालिएको अवस्थामा र ४ वर्षको केटो गैंडालाई नदीमा मृत अवस्थामा भेटिएको थियो । निकुञ्जको टोलीले घटनास्थलमा पुगेर हेर्दा विद्युतीय धराप थापेर गैंडा मारेर खाग लगेको निष्कर्ष निकालेकाे छ । नजिकैको सिद्धेश्वर शिवालय मन्दिरबाट ब्याट्रीबाट करेन्ट प्रवाह गरेर गैंडा मारिएको हुनसक्ने अनुमान गरिएकाे छ ।
अनुसन्धान टोलीले विभिन्न ठाउँमा तारका अवशेष भेटिएकाले ब्याट्रीभन्दा अन्यत्रबाटै विद्युत् ल्याएर गैंडा मारिएको हुनसक्ने अनुमान गरेको हो । निकुञ्जले यो घटनालाई गम्भीर रुपमा लिँदै अनुसन्धान अगाडि बढाएको छ । तर घटना कसले गरायो भन्ने सम्बन्धमा छानबिन भइरहेको छ ।
गएकाे ३ बर्षमा ८ वटा गैंडा मारिएका छन् । गैंडा तस्करीमा संलग्न भएको भन्दै निकुञ्जले गत आर्थिक वर्षमा मात्रै १३ जनालाई पक्राउ गरेको थियाे । ०७८/०७९को साउनमा ३, भदौमा ७, चैतमा १ र असारमा २ जना गरी १३ जनालाई गैंडा तस्करीको घटनामा पक्राउ गरेर मुद्दा दायर गरिएको तिवारीले जानकारी दिनु भयाे । सो आर्थिक वर्षमा वन र वन्यजन्तु सम्बन्धीका घटनामा १ सय ७७ जना पक्राउ परेका छन् । यस्तै, १६ जना फरार रहेको निकुञ्ज कार्यालयले जनाएको छ । त्यसअघिको वर्षमा १३७ जना पक्राउ परेका थिए । लामाे समय देखि गैंडा तस्करीलाइ नियन्त्रणमा लिने प्रयास सफल हुन नसक्दा गैंडाकाे तस्करी राेकिएकाे छैन ।