दमकमा प्रदेशमै पहिलो खाँडीको कपडा उत्पादन कारखाना संचालनमा (फाेटाे फिचर)

१५ माघ २०७९/डिकेश लामा

यस अघि भारतबाट भित्रने खाँडीको कपडा स्वदेशमै उत्पादन हुन थाले पछि आयात प्रतिस्थापनमा टेवा पुगेको छ । २ बर्ष अघिससम्म भारतबाट ठूलो परिमाणमा कपडा ल्याएर विक्री गर्ने दमकका व्यवसायीले प्रदेश नम्बर एकमै पहिलो पटक होममेड उद्योग संचालन गरे पछि आम्दानीसँगै रोजगार समेत सृजना भएको छ । लोप बन्दै गएको खाँडीको कपडा बुन्ने उद्योग झापाको दमकमै संचालनमा ल्याइएको छ । उद्योग संचालनले भारतबाट कपडा आयात घटाउनुका साथै स्वदेशमै रोजगारी समेत सृजना भएको उद्योग संचालक श्याम बस्नेतले बताउनु भयो । बस्नेतका अनुसार देशभरका मुख्य बजार बुटवल, काठमाण्डौं, पोखरा र अन्य ठूला बजारमा समेत आफैले खाँडीको कपडा र खास्टो विक्री गर्दै आउनु भएको छ । दमक वडा नं. ५ मा संचालन गर्दै आउनु भएका बस्तेनले भारतीय कामदार ल्याएर कपडा उत्पादन गर्दै आउनु भएको छ । नेपालमा अन्य व्यवसायीले समेत खाँडीको कपडा उत्पादन गर्ने हो भने स्वदेशी कपडाको बजार समेत बृद्धि हुने बताउनु भयो । देशमै कारखाना संचालन गर्दा विदेशी आयत कम हुने स्वदेशमै रोजगार समेत सृजना हुने बताउनु भयो ।

श्यामाश्याम होममेड प्रोडक्टस् कारखानामा झण्डै १ करोड लगानी गरेर खाँडीको कपडा र खास्टो बुन्ने काम थालिएको हो । नेपालमा यसको दक्ष प्राविधिक नभएको कारण अझै पनि भारतबाटै जनशक्ति झिकाएर कारखानामा कपडा उत्पादन गरिँदै आइएको छ । कारखानामा प्राविधिकको रुपमा काम गर्दै आउनु भएको फाइम मोहम्मदका अनुसार यस्ता खाले उद्योग नेपालमा अन्यत्र नभएकाले यसका सामान विग्रिदा भने भारत नै पुग्नु पर्ने अवस्था रहेको छ । यस्तै अर्का प्राविधिक मोहम्मद सफिरका अनुसार हातले यस्ता खाँडीको कपडा बुन्दा १० देखि १२ मिटर बुन्न सकिन्छ भने मेशिनले ७० मिटर बुन्न सकिने र एकजनाले एकै साथ दुईवटा मेशिन चलाउन सकिने बताउनु भयो ।

पहिले पहिले अधिक प्रयोग हुने खाँडीको कपडा आधुनिक मेशिनको प्रयोगबाट बन्ने कपडा बजारमा आएसँगै लोप बन्दै गएको थियो । तर पछिल्लो समय विस्तारै खाँडी प्रति पुन आकार्षण बढ्दै गएको छ । नेपाली भेषभूषा निर्माणमा अझै धेरै खाँडीको कपडा प्रयोग हुने भएकाले यसको आकार्षण बढ्दै गएको छ । हिन्दु धर्मावलम्भीहरुमा मृत्यु संस्कारमा अनिवार्य प्रयोग गरिने खाँडीको खास्टो अझै पनि स्वदेशमै उत्पादन भएकोले धान्न सकेको छैन । यस्ता उद्योग धन्दा अन्य क्षेत्रमा पनि बढाउँन सके स्वदेशमै रोजगारसँगै आम्दान गर्न सकिने उद्योगीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमककाे फर्निसिङ पसलमा आगलागी
Next post प्रेस सेन्टर नेपाल झापाले संगठनको स्थापना दिवस मनायाे