प्रेस यूनियन क्षेत्रीय समितिकाे अध्यक्षतामा पाैडेल चयन

६ फाल्गुण २०७९, झापा– नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकको अध्यक्षमा बिष्णु पौडेल सर्वसम्मतिबाट चयन हुनु भएकाे छ । शनिवार इलामको चुलाचुलीस्थित चपेटीमा सम्पन्न यूनियनको दोश्रो अधिबेशनले पौडेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।  सर्वसम्मतबाट निर्वाचित समितिको उपाध्यक्षमा नगेन्द्रमणि न्यौपाने, महिला उपाध्यक्षमा शान्ति सुब्बा, सचिव सन्तोष विष्ट र कोषाध्यक्षमा नवराज न्यौपाने चुनिएका छन् ।

यसैगरि, सदस्यहरुमा युवराज रेग्मी, दिलकुमारी राई, प्रकाश चम्लागाई र देव तिम्सीना चुनिएका छन् । यूनियनको अधिबेशनले निवर्तमान अध्यक्ष विष्णु सुब्बाको संयोजकत्वमा पाँच सदस्यीय एक सल्लाहकार समिति समेत गठन गरिएको छ। सल्लाहकार समितिको सदस्यहरुमा गिरीराज भट्टराई, शेसेहाङ फियाक, बेणुप्रसाद अधिकारी र आत्मराम राजवंशी रहेका छन् । यूनियनको नेतृत्व चयन गर्न अग्रज पत्रकार गोविन्दचन्द्र क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

बनभोजसहितको अधिबेशनमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बू, नेपाल पत्रकार महासंघ प्रदेश समितिका काेषाध्यक्ष विमल लामिछाने, यूनियनकी केन्द्रीय सचिव रोजिना रोदन, प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र निरौला, अग्रज पत्रकार गञ्जबहादुर दाहाल, कांग्रेस प्रदेश १ का सदस्य भूमिराज राई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, प्रेस चौतारीका केन्द्रीय सदस्य टिकाराम उप्रेती, प्रेस सेन्टरका प्रदेश सचिव चिरन्जीवि घिमीरे लगायतले शुभकामना व्यक्त गरेका छन् । वेणु अधिकारीले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा यूनियनका सदस्यहरु, विभिन्न पत्रकारजन्य संगठनका प्रतिनिधि गरि जिल्लभरिका एक सय पत्रकारहरुको उपस्थिति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुरु
Next post झापाको विभिन्न स्थानबाट एकै दिन २२ लाखको अवैध सामान नियन्त्रणमा