क्यान्सर पीडित महिलालाई १ लाख १३ हजार सहयाेग

२० फाल्गुन २०७९ , बिरेन्द्र सुब्बा

झापा– बेलडाँगी इसाई समाजले क्यान्सर राेगले ग्रसित हिमा राईलाई उपचारको लागी १ लाख १३ हजार ३ सय ३५ रुपैयाँ सहयोग प्रदान गरेको छ । वेलडाँगी शरणार्थी शिविर वेलडाँगी २ बस्ने राईलाई अाज बसेकाे समाजकाे वैठकले प्रदान गरेकाे हाे ।   अार्थिक अवस्था कम्जाेर रहेकाे राईकाे भक्तपुर क्यान्सर हस्पिटलमा ढेड महिना देखि उपचार भइरहेको छ ।  आर्थिक अभाव हुँदै गए पछि उहाँकाे उपचार नै नहुने अवस्था आएकाले सहयाेग गरेकाे समाजका निवर्तमान अध्यक्ष पास्टर जोनाथान राईले जानकारी दिनुभयो । सहयाेगमा बेलडाँगी इसाई समाजमा रहेका समादान बिब्लिकल‚ अनुग्रह ब्याप्तिस‚ एपोस्टोलीक रेभुलेसन‚ सामरीया‚ अबिसेक‚ न्यू चर्च‚ ज्योती‚ सि एनआई‚ रेस्टोरेसन‚ महिमा‚ बि बि सी‚ रेअफ होप र तोरीबारी चर्च गरी १४ वटा चर्चहरूबाट उक्त रुपैयाँ संकलन गरिएकाे वैठकले जानकारी दिएकाे छ ।

सहयाेग रकम समाजको कोषाध्यक्ष एल्डर दानिएल कँवरको हातबाट बिमारीको उपचारमा खट्दै अाउनु भएकी नितु थापालाई प्रदान गरिएकाे छ  । समाजले यस अघि पनि अशक्तहरूलाई सहयाेग गर्दै अाएकाे समाजका अध्यक्ष पास्टर प्रदीप खड्काले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ९ रूपयाँले मुल्य बृद्दिः दुधकाे मुल्य अव साढे ६५ रूपयाँ निर्धारण
Next post सरकारले सडकमा पर्ने बनका रुख नहटाएका कारण मदन भण्डारी राजमार्ग निर्माणमा समस्या (फाेटाे फिचर)