
१९ माघ २०७७,काठमाडौँ – पछिल्लो २४ घण्टामा २ सय ६४ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६६ हजार ६ सय पुगेको छ ।

यसैगरी पछिल्लाे २४ घण्टामा देशभर १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।२४ घण्टामा ४ हजार १ सय ४५ पीसीआर परीक्षण भएको छ । हालसम्म २० लाख ७५ हजार १ सय ५२ पीसीआर परीक्षण भएका छन् । योसँगै देशभर संक्रमितको कूल संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ । सक्रीय संक्रमितको संख्या २ हजार ४ सय ८९ छ । हाल अाएर क्वारेन्टाइनमा ९७ जना मात्र रहेका छन् ।्

त्यसैगरी पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणका कारण कसैले पनि ज्यान गुमाउनु परेकाे छैन ।
