नेपालमा पछिल्लाे २४ घण्टामा २६४ निकाे, १५२ संक्रमित, मृत्यु संख्या शून्य

१९ माघ २०७७,काठमाडौँ – पछिल्लो २४ घण्टामा २ सय ६४ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६६ हजार ६ सय पुगेको छ ।

यसैगरी पछिल्लाे २४ घण्टामा देशभर १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।२४ घण्टामा ४ हजार १ सय ४५ पीसीआर परीक्षण भएको छ । हालसम्म २० लाख ७५ हजार १ सय ५२ पीसीआर परीक्षण भएका छन् । योसँगै देशभर संक्रमितको कूल संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ । सक्रीय संक्रमितको संख्या २ हजार ४ सय ८९ छ । हाल अाएर क्वारेन्टाइनमा ९७ जना मात्र रहेका छन् ।्

त्यसैगरी पछिल्लाे २४ घण्टामा कोरोना संक्रमणका कारण कसैले पनि ज्यान गुमाउनु परेकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कक्षा १२ काे नतिजा सार्वजनिकः झण्डै साढे ११ हजारकाे नतिजा स्थगित
Next post किन राम्राे आयाे यस पाली १२ काे नतिजा ?