१५ बुँदे चखेवा घोषणापत्र जारी गर्दै प्रेस सेन्टर प्रदेशको पहिलो साधारण सभा सम्पन्न (फाेटाे फिचर)

२६ चैत्र २०७९,भोजपुर (चेखेवा) इश्वर थापा –  प्रेस सेन्टर नेपालले पहिलो साधारण सभा भोजपुरको चखेवामा  सम्पन्न भएकाे छ ।    कोशी  प्रदेशको नामाकरण पहिचानका आधारमा गर्न  माग  सहित १५ बुँदै चखेवा घोषणापत्र जारी गर्दै  धारण सभा सम्पन्न भएको छ । पहिलो साधारण सभाले प्रदेशको पुन नामाकरण देखि टेम्केमैयुङ गाउँपालिकाको विकासमा सरकारको ध्यानाकर्षण लगायत १५ बुँदै घोषणापत्र जारी गरेको हो । कोशी नामाकरण गरिएको प्रदेश १ लाई पुन नामाकरण गरिनुपर्ने सेन्टरले माग गरेको हो । यस्तै घोषणापत्र मार्फत सेन्टरले श्रमजीमी पत्रकार ऐन कार्यान्वय गर्न, सञ्चार विरोधी ऐन खारेज गर्न, स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई अनिवार्य उपलब्ध गराउन, लोककल्याणकारी विज्ञापनको शुल्क समयअनुसार वृद्धि गर्न, द्धन्द्धपिडित अशक्त, अपांग पत्रकार र उनीहरुको परिवारलाई उपचार र रोजगारसँगै राहत तथा क्षमता अभिवृद्धिमा विशेष प्राथमिकता दिन लगायतका माग गरेको प्रेस सेन्टरका प्रदेश सचिव ईश्वर थापाले जानकारी दिए ।


भोजपुर पर्यटकीयस्थल टेम्केमैयुङ गाउँपालिकाको चखेवामा सम्पन्न साधारण सभामा बोल्दै प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले आफूहरुले पहिचानको विषय उठाएको र अहिले पनि पहिचानको पक्षमै रहेको बताउँदै कसैलाई भ्रममा नपर्न अनुरोध गरे । उनले विचार, भिजन प्रेस सेन्टर देशकै ठुलो संगठन भएको बताउँदै देशमा पहिचानको विषय यसैले लागु गराउनु सक्ने दावी गरे ।


कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले पत्रकारले सहि सुचना दिँदै समाजमा परिवर्तनको भुमिका खेल्नुपर्ने बताए । उनले प्रदेशको नामाकरणको विषयमा आफूहरुले पहिले जे अडान राखेको र अहिलेपनि त्यसैमा रहेको बताए । उनले कमजोरी सच्याएर अघि बढ्न तयार रहेको प्रतिवद्धता जनाए । यस्तै कार्यक्रममा प्रेस सेन्टर नेपालका उपाध्यक्ष विवेक गौतमले पत्रकार महासंघमा आफूले खेलेको भुमिका र अब गर्ने कामका विषयमा संगठनलाई जानकारी गराउनु भएको थियो । गौतम पत्रकार महासंघ प्रदेश समितिका महासचिव समेत रहेका छन् ।


यस्तै कार्यक्रममा प्रेस सेन्टर नेपालका उपाध्यक्ष निर्मल ज्ञवली, गंगा बराल, सचिव बिमल लामिछाने, स्मिता निरौला, प्रयास लिम्बू, प्रेस सेन्टरका सल्लाहकार भवानी बराल, माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य राजेश खतिवडा, माओवादी केन्द्र भोजपुर जिल्ला सदस्य जीवन किँराती, वाइसिएल केन्द्रिय सदस्य करण मुकमिन, प्रेस सेन्टर तथा पत्रकार महासंघ केन्द्रिय सदस्य सरिता बराइली राई लगायतले प्रेस सेन्टर अरु भन्दा फरक संगठन भएकाले काम पनि विश्वासिलो र गुणस्तरिय हुनुपर्ने बताए । उनीहरुले विचारमा नेपालकै पहिलो संगठन प्रेस सेन्टर रहेको बताए ।


साधारणसभामा प्रदेश समितिले उत्कृष्ट जिल्ला शाखा घोषणा गर्दै सुनसरीलाई प्रथम, खोटाङलाई दोस्रो र पाँचथरलाई तेस्रो घोषणा गरि सम्मान गरेको छ । यस्तै गत स्थानीय तहको निर्वाचनमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ७ को वडाअध्यक्षमा निर्वाचित हुनुभएका प्रेस सेन्टर केन्द्रिय सदस्य भोजराज कार्की र सोलुखुम्बुकै माप्य दुधकोशी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचित प्रदेश कमिटीका पूर्व सहसचिव प्रकाश खालिङलाई सम्मान सहित प्रेस सेन्टरबाट विदाइ गरेको छ ।


यस्तै देश संघीयतामा गएपछि बनेको प्रदेश संरचनाको पछि प्रेस सेन्टर प्रदेश १ को पहिलो अध्यक्ष राजन केडि र पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य तथा प्रेस सेन्टरका निती तथा परामर्श समितिका गणेश लम्साललाई सम्मान गरेको छ । उहाँहरुलाई प्रेस सेन्टरका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा जुगल, माओवादी केन्द्र प्रदेश अध्यक्ष हर्क नेम्वाङ मिक्सो लगायतले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।


साधारण सभामा प्रेस सेन्टर नेपालका प्रदेशका  महासचिव सुजन तिमसिनाले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सांगठानिक प्रतिवेदनमाथि जिल्लाका प्रतिनिधी तथा सहभागीले टिप्पणी गरेका थिए । प्रेस सेन्टर नेपाल प्रदेशका अध्यक्ष विनोद प्रभात घिमिरेको अध्यक्षतामा भएको साधारण सभामा प्रदेश उपाध्यक्ष राजन समिप राईले स्वागत मन्तव्य राखेका थिए भने महासचिव सुजन तिमसिनाले कार्यक्रम सञ्चालन गरेका थिए । (स्राेतः लाेकल सन्देश डटकम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post रतुवाको जोखिम उस्तैः आउने बर्षाकाे बाढीमा बस्ती बचाँउन स्थानीय बासिन्दाकाे माग (फाेटाे फिचर)
Next post नेपालमा पुनः बढ्न थाल्याे काेराेनाः सचेत रहन स्वास्थ्य मन्त्रालयकाे आग्रह