नेपालमा पुनः बढ्न थाल्याे काेराेनाः सचेत रहन स्वास्थ्य मन्त्रालयकाे आग्रह

२७ चैत्र २०७९,काठमाडौँ– पछिल्ला दिनमा नेपालमा काेराेन संक्रमण पुनः बढ्न थालेकाे छ । गएकाे २४ घण्टामा १ सय २४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । ९ सय ३ पीसीआर र १ हजार ६ सय ६३ एन्टिजेन गरी कुल २ हजार ५ सय ६६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।  पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण देखिएको हो ।

नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । १ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ । कोभिड बढेसँगै अस्पतालमा पनि बिरामी भर्ना हुन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २१ जना, आईसीयूमा १० जना र भेन्टिलेटरमा ४ जना रहेको देखिएको छ । मन्त्रालयले काेभिडबाट सुरक्षित रहन स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेकाे छ ।

यस्तै पछिल्लाे समय काेभिड विरूद्ध भ्याक्सिन समेत लगाउँदै आइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post १५ बुँदे चखेवा घोषणापत्र जारी गर्दै प्रेस सेन्टर प्रदेशको पहिलो साधारण सभा सम्पन्न (फाेटाे फिचर)
Next post पत्रकार तिम्सिनाकाे निधन