संघीय सरकार आए पछि नेपालमा बढ्याे भ्रष्टचारः भ्रष्ट गतिविधि अन्त्य गर्न खराे उत्रने नव नियुक्त आयुक्त राईकाे भनाइ

२२ माघ २०७७,काठमाडौं- संघीय सरकार कार्न्यावयन भएसँगै नेपालमा थप भ्रष्टचार बढेर गएकाे अख्तियारले तयार गरेकाे प्रतिवेदनमै उल्लेख्य छ । बुधबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सपथ ग्रहण गर्नु भएका प्रेमकुमार राईले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गराउने दृढता व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा र आयुक्तहरुमा किशोरकुमार सिलवाल तथा जयबहादुर चन्दलाई नियुक्त गरेसँगै उहाँहरुले आफ्नो काम सुरु गर्नुभएको छ ।

प्रमुख आयुक्त राई र आयुक्तहरु सिलवाल तथा चन्दले अख्तियारको कार्यालयमा पुगेर पदभार ग्रहणसँगै काम सुरु गर्नुभएको हो । अख्तियारमा नियुक्त हुनुभएका प्रमुख आयुक्त राई पूर्व गृहसचिव समेत हुनुहुन्छ । उहाँले २७ बर्षे लामाे सरकारी जीबन अनिवार्य अवकाश पाउनु ३ दिन अघि यसै सातामात्र राजिनामा दिनु भएकाे हाे ।

त्यसैगरी नवनियुक्त आयुक्त सिलवाल कानुनका ज्ञाता हुनुहुन्छ । यसैगरी अर्का नवनियुक्त आयुक्त चन्द पूर्व प्रहरी नायव महानिरीक्षक हुनुहुन्छ ।

आयोगले गरेको स्वागत कार्यक्रममा प्रमुख आयुक्त राईले मुलुकमा भ्रष्टाचार बढ्दै गएको विभिन्न अध्ययनहरुले देखाएको भन्दै यसलाई नियन्त्रण गर्दै आयोगलाई नमूनाका रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख आयुक्त राईले मुलुकले परिकल्पना गरेको समृद्ध नेपाल सुखी नेपालीको अवधारणा साकार पार्न सुशासन कायम गर्नुपर्ने भएकाले आयोगले त्यसमा प्रतिबद्ध भएर काम गर्ने बताउनुभयो । देशमा सुशासन कायम गर्न आगामी दिनमा थप प्रतिबद्ध भएर लाग्न प्रमुख आयुक्त राईले कर्मचारीहरुलाई निर्देशनसमेत दिनुभएको छ ।

नवनियुक्त आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि आफूहरु उच्च मनोबलका साथ आएकाले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गराउन प्रयास गर्ने दृढता व्यक्त गर्नुभएको छ ।

अख्तियारमा अहिले भ्रष्टाचारका विषयमा सयौं उजुरी छन् । ती उजुरीमाथि गम्भीर रुपमा छानबिन गरी टुंगो लगाउनुपर्ने दायित्व अख्तियारको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २०६ निकाे, १४२ संक्रमित
Next post आज नेपालमा २२७ निकाे, १७१ संक्रमित