पत्रकार तिम्सिनाकाे निधन

२७ चैत्र २०७९ झापा– बिर्तामोडका पत्रकार पारस तिम्सिनाको निधन भएको छ । बिर्तामोड -३ निवासी ३९ वर्षिय तिम्सिनाको उपचारका क्रममा आज दिउँसो बिर्तासिटी हस्पिटलमा निधन भएको हो । टाउकोमा व्लड जमेपछि उनलाई आज बिहान उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचार गरेर घर लगिएको र फेरि उपचारका लागि अस्पताल पुर्याउनासाथ उनको निधन भएको छिमेकी बसन्त ढकालले जानकारी दिनु भयाे ।


विगतमा विभिन्न सञ्चारमाध्यममा कार्यरत तिम्सिनाले पछिल्लो समय लेखापढी पेशा गरिआउनु भएकाे थियाे ।  यामनाथ तिम्सिनाका जेठा छोरा पारसकाे यस अघि भएकाे सामान्य दुर्घटनामा टाउकाेमा रगत जमेकै कारण मृत्यु भएकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा पुनः बढ्न थाल्याे काेराेनाः सचेत रहन स्वास्थ्य मन्त्रालयकाे आग्रह
Next post मावाखाेला लापार्वाही उत्खनन् भएकाे भन्दै राेक्न निर्देशनः नियमित अनुगमन नभएकाे गुनासाे