मावाखाेला लापार्वाही उत्खनन् भएकाे भन्दै राेक्न निर्देशनः नियमित अनुगमन नभएकाे गुनासाे

२८ चैत्र २०७९,झापा–  झापा र मोरङको सिमानामा रहेको मावा खोलामा अवैध उत्खनन भइरहेको पाइएपछि दमक नगरपालिकाले तत्काललाई उत्खननमा रोक लगाएको छ । मापदण्डविपरीत उत्खनन भइरहेको सूचना पाएपछि दमक नगरपालिकाले अनुगमन गरेर उत्खननमा रोक लगाएको दमक नगरपालिकाले जानकारी दिएकाे छ ।
झापाको दमक नगरपालिका र मोरङको उर्लाबारी नगरपालिकाले साझेदारीमा प्याकेज नं. १ को खोलाजन्य सामाग्री उत्खनन, सङ्कलन तथा बिक्रीका लागि ठेक्का दिएकोमा सम्झौताविपरीत काम भएको पाइएको छ ।
एनआरआरएन कङ्क्रिट उद्योग प्रालिलाई आईई प्रतिवेदन र रेखाङ्कनअनुसार मेसिन प्रयोग गरेर खोलाजन्य सामग्री झिक्नका लागि नगरपालिकाले अनुमति दिएको थियो । तर खाेलामा मेशिनकाे प्रयाेग यस अघि जिल्ला समन्वय समितिकाे सिफारिसमा मात्र दिने गरिएकाे थियाे ।


नगरले ठेक्का सम्झौता गरेको सम्बन्धित कम्पनीलाई लिखित रूपमा पत्र काटेर उत्खननमा रोक्न निर्देशन दिइएकाे नगरपालिकाले जानकारी दिएकाे छ । तर उत्खनन् राेकियाे कि छैन, मापदण्ड अनुसार छ कि छैन भन्ने कुराकाे नियमित अनुगमन भने नभएकाे खाेला प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन् । लामाे समय देखि मावा खाेला लापार्वाहीरूपमा दाेहन भएकाले मावाखाेलामा निर्माण गरिएकाे कराेडाैं मुल्यका सिंचाइ र खानेपानी प्रभावित भएकाे दुम्से खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिका अध्यक्ष हिमदल भण्डारीले बताउनु भयाे ।  रतुवा र मावा खोलामा बर्सेनि अवैध रूपमा उत्खनन हुँदा खोलाको धार परिवर्तन हुने र आसपासको क्षेत्रमा पानी नआउने, कुवा तथा पैनीहरू सुक्ने समस्या हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post पत्रकार तिम्सिनाकाे निधन
Next post ३ महिना पछि नेपालमा काेराेनाकाे कारण एक जनाकाे मृत्यु