३ महिना पछि नेपालमा काेराेनाकाे कारण एक जनाकाे मृत्यु
२८ चैत्र २०७९, काठमाण्डाैं– कोरोना संक्रमणका कारण ३ महिनापछि आज मंगलबार एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका एक वृद्धको मंगलबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमित भएपछि उनी करिब ३ साताअघि अस्पताल भर्ना हुनु भएकाे थियाे । यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार मंगलबार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४ सय ३६ नमुनामध्ये ४ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९ सय ६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी कुल १ सय ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
अहिले कोरोनाको संक्रिय संक्रमितको संख्या ४ सय ६९ पुगेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइसोलेशनमा २४ जना र आईसीयूमा १३ जना रहेका छन् भने ५ जनाको भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । मंगलबार मात्रै ४८ जना कोरोनाका विरामी निको भएर घर फर्किएका छन् । सङ्क्रमण बढेसँगै मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैलाई आग्रह समेत गरेको छ । पछिल्लाे समय सरकारले हरेक पालिकाकाे स्वास्थ्य केन्द्रहरूबाट प्रदान गर्दै आएकाे छ ।