प्रविधि मैत्री मर्यादित पत्रकारितामा जोड दिन कार्यशाला

७ जेष्ठ २०८०,झापा
झापाको सदरमुकाम चन्द्रगढी क्षेत्रका पत्रकारलाई बर्तमान चुनौतीबीच मर्यादित पत्रकारिता गर्न दुई दिने तालिम प्रदान गरिएको छ । अवको पत्रकारले सामाजिक संजालले व्यवसायिक पत्रकारितामा थपेको चुनौतीलाई चिर्न आचार संहिता र समाचारको मुल्य मान्यतामा रहेर तथ्यपरक विश्वसनीय पत्रकारिता गर्न सवै सक्रीय भएर लाग्न तालिमको समापन कार्याक्रमका बक्ताले जोड दिएका छन् ।
प्रेस क्लव भद्रपुरको आयोजना र नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा अग्रज पत्रकार गोविन्द चन्द क्षेत्री, गोपाल गिरी, राजबाबु शंकर लगायतले बर्तमान विकसित प्रविधिसँगै मर्यादित र व्यवसायिक पत्रकारिता गर्नु पर्ने बताएका छन् ।
अग्रज पत्रकार युवराज गौतम र पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले सहजिकरण गर्नु भएको तालिमको समापनमा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले पूर्ण प्रेस स्वतन्त्रता स्थापना र विकासमा सँधै सहयोग गर्ने बताउनु भयो । क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा भएको २ दिने तालिममा ३० जना पत्रकारहरुको सहभागिता रहेको छ ।
तालिमका सहभागीहरुले तालिम प्रभावकारी भएको बताएका छन् । नगरले यस्तो खाले तालिमलाई प्रसय दिन नगरप्रमुखलाई आग्रह समेत गरेका छन् ।
तालिमको उद्घाटनको अवसर पारेर भद्रपुर प्रेस क्लवमो भवन निर्माणका लागि शिल्यान्यास समेत गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पोखरेलले गर्नु भएको शिल्यान्यासको भवन निर्माणमा २५ लाख खर्चको इष्टिमेट गरिएको क्लवले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रेस क्लबको भवन शिलान्यासः पत्रकारिता प्रशिक्षण शुरु
Next post शैक्षिक गुणस्तर बृद्धिका लागि विधार्थीमाझ चुनाव