शैक्षिक गुणस्तर बृद्धिका लागि विधार्थीमाझ चुनाव

७ वैशाख २०८०, झापा–विधार्थीहरुबीच चुनावी अभ्यास र विधालय व्यवस्थापनमा टेवा पुग्ने उदेश्यले दमक वडा नं. ८ मा रहेको आर्दश बोर्डिङ स्कूलले अाज निर्वाचन गरेको छ ।
मुख्य क्याप्टेनमा कक्षा १० की दीया कटुवाल निर्वाचित हुनु भएको छ । निकटम प्रतिद्वन्द्वी सानदेन तामाङलाई २० मतको अन्तरमा ६१ मतले विधालयका मुख्य क्याप्टेन पदमा विजयी हुनु भएको हाे ।
यस्तै भाइस क्याप्टेनमा साेफिया सापकोटा विजयी हुनु भएको छ ।

यसैगरी रेड हाउस क्याप्टेनमा सियाज रिमाल, येल्लो हाउसमा अनुखा अधिकारी, व्लु हाउसमा निरज विष्ट र ग्रीन हाउसमा मनिष अधिकारी विजयी हुनु भएको छ ।
कक्षा ४ देखि १० सम्मका विधार्थीले भाग लिएको चुनावमा २ सय ३० मत खसेको थियो भने ३५ जना विधार्थीले निर्वाचनमा सहभागिता जनाउन नसकेको विधालयका प्रिन्सिपल शेखर कटुवालले जानकारी दिनु भयो ।
निर्वाचित विधार्थीले १ बर्ष विधालयको शैक्षिक गुणस्तर बृद्धि गर्न सहयोग गर्ने छन् । चुनावी प्रकृयाबाट जिम्मेवारी दिँदा लोकतान्त्रिक विधि र निर्वाचन सम्बन्धी ज्ञान समेत हुने गरेको विधालयका शिक्षक तथा अभिभावकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्रविधि मैत्री मर्यादित पत्रकारितामा जोड दिन कार्यशाला
Next post झापामा पोथी हात्ती मृत फेला