५ दिनमा पनि भेटियाे सुनकाेशी नदिमा २ वेपताहरूकाे शव

२३ जेष्ठ २०८०,सिन्धुली– सुनकोशी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का जिप र दुई कर्मचारीको शव फेला परेको छ । घटनास्थलबाट करिब २ सय मिटर तल कोशीको पारितर्फ किनारमा गाडीको अवस्थामा जिप र शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिनुभयाे । उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले मंगलबार साँझ सवा ६ बजे सुनकोशीबाट गाडी र दुई वटा शव बाहिर निकालिएको हो । शवको पहिचान हुन सकेको छैन । कोशीको बहाव फर्काएर नदीमा पानी घटाएपछि गाडी र शव फेला परेको हो ।

सिटिइभिटी का दुई निर्देशक र अधिकृत चढेको बा१झ ७४६७ नंको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार हुनुहुन्थ्यो । उहाँहरू सबै बेपत्ता हुनुहुन्छ । चालक कृष्ण चौधरी घाइते अवस्थामा आफँै पौडिएर निस्किनु भएको थियो ।

सीटीईभीटीका कर्मचारी र जिपको खोजीमा सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चारवटा टोली खटिएको थियो । अर्का एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटना भएको दोस्रो दिनदेखि नै सुनकोशीको पानीलाई रामेछापतर्फको किनारबाट पठाएर घटनास्थलमा पानी कम गराउने प्रयास भइरहेको थियाे । चारवटा स्काभेटर, तीनवटा जेसिबी, डोजर, पाँचवटा टिपर र ट्र्याक्टर लगाएर पानीका बहाव अर्कोतर्फबाट फर्काउन प्रयास भइरहे पनि हालसम्म सफल हुन नसकेकाे खाेजीकाे टाेलीले जानकारी दिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाकाे सरकारी वकिलको थुनछेक बहस सकियो
Next post समयमा बाँध निर्माण नहुँदा दर्जनाैं बस्ती जोखिममा (फाेटाे फिचर)