अझै ५ दिनसम्म तापक्रम बढ्ने भएकाले सर्तक रहन पूर्वानुमान महाशाखाकाे अनुराेध

२५ जेष्ठ २०८०, काठमाडौं– देशभर अझैं ५ दिनसम्म गर्मी बढ्ने संकेत देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको जनाएकाे छ । पछिल्लाे समय ४० डिग्री सेल्सियस भन्दा धेरै तामक्रम बढ्दै गएकाे वेला अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन सुझाव दिएको छ ।

महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने हुँदा तराई मधेसका जिल्लाहरुमा तातो हावा तथा लूको सम्भावना रहेको छ । हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन गर्दा तत्काल मनसुन भित्रिने सम्भावना नरहेको समेत महाशाखाले जनाएको छ ।

तातो हावा तथा लूबाट बच्न गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, बाहिर निस्किँदा टाउको छोप्न, पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post इलामकाे पाथीभरा मन्दिरको रकम हिनामिनाकाे छानबिन गरिने
Next post स्कुटरलाई ठक्कर दिँदा मृत्यु भए पछि बसमा आगजनी