मेशिनबाट सामुहिक धान राेपाइका लागि व्याड पनि मेशिनबाटै राखिँदै झापामा (फाेटाे फिचर) 

३० जेष्ठ २०८०/बालदिवश तामाङ

झापामा मेशिनबाटै धान रोप्ने कार्यले बढवा पाए पछि यस बर्ष विऊ पनि मेशिन अनुकुल प्रविधिमा राखिएको छ । अव धानको व्याड पनि मेशिनबाटै राख्न थालिए पछि रोपाइमा समेत छिटो र लागत कम हुने भएकाले किसानको यस तर्फ आकार्षण बढ्दै गएको हो ।

खेतीमा काम गर्ने जनशक्तिको अभाव हुँदै जान थालेपछि झापामा खेतीमा मेशिनको प्रयोग बढ्दै गएको किसालने बताएका छन् । यस बर्ष कृषि ज्ञान केन्द्रले धानबालीमा कृषि यान्त्रिकिकरण प्रर्वधन कार्याक्रम नै संचालन गरेको छ । मेशिनबाट धान रोप्नका लागि टे« वा प्लेटमा विऊ राख्नु पर्ने भएकाले १५ लाख रुपयाँ अनुदान उपलव्ध गराई मेशिन अनुकुल विऊ राख्ने प्रयोगात्मक तालिम समेत प्रदान गरिएको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोन कार्याक्रम संचालन भएको ६ बर्ष भएको छ । झापाको कचनकवल गाउँपालिकाको बनयानीबाट शुरु भएको सुपरजोन कार्याक्रम अहिले जिल्लाको १५ वटै पालिका संचालनमा रहेका छन् ।

कार्याक्रमले कृषिमा यान्त्रिकीकरण गरेसँगै धान रोप्ने मेशिन मात्र नभएर विऊ राख्ने, काट्ने, झाँट्ने देखि सुकाउने मेशिन समेत प्रयोगमा आउन थालेको छ । कार्याक्रमले ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा ठूल्ठुला हारभेष्टर सम्म जिल्लामा एक साथ ६ वटा भित्राइएका छन् । तर शुरुमा भित्राइएका मेशिनको सही सदुपयोग हुन नसक्दा र नेपाली बजारमा उपयुक्त मेशिन हुन नसक्दा पुराना मेशिन थन्किएका छन् । पुन गएको आर्थिक बर्षमा कृषि सहकारी संस्थाहरुले नयाँ प्रविधिको चारचक्के धान रोप्ने मेशिन ल्याए पछि यस बर्ष धानको व्याड राख्ने देखि रोप्ने र काट्ने समेत मेशिनले गर्ने योजनामा कार्याक्रमहरु संचालनमा ल्याइएको धान सुपरजोन कार्यन्वयन इकाइ झापका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो ।

यस बर्षको बर्षे धान रोपाईका लागि मेशिनबाट ८० विगाह क्षेत्रमा सामुहिक रोपाईं हुँदैछ । जसका लागि कमल, गौरादह र विर्तामोड नगरपालिकालाई छनौट गरी कार्याक्रम थालिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार अहिलेकाे अाधुनिक मेशिनकाे प्रयाेगलाइ जाेड दिन यस्ताे कार्यक्रम ल्याइएकाे हाे ।

झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा बर्षे धान रोपाईं हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङक छ । त्यस मध्ये कृषि सहकारीले पछिल्लो समय मेशिनकै प्रयोगबाट विऊ राख्ने देखि काट्ने र थन्काउने समेत गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post प्यूठानमा कार दुर्घटना हुँदा आठ जनाको मृत्यु
Next post नक्कली भूटानी प्रकरणका अभियुक्तले लगाए अधिबक्ताकाे भीडः बहस लम्बियाे