उखुम गर्मीमा दक्षिणी झापाका अधिकांश विधालयमा पंखा छैनः अव पढ्ने कसरी (फाेटाे फिचर)

२ असार २०८०/डिकेश लामा

दक्षिणी झापाका अधिकांश विधालयमा पंखाको व्यवस्थापन गरिएको छैन । यस बर्ष झापामा झण्डै ४० डिग्रीसम्म पुगेको तापक्रम घर भित्र बस्दा पनि सहन मुश्किल पर्छ । केही दिन यता नेपालमा मनसुन भित्रिए पनि अझै घाम लाग्दा भने उखुम गर्मी छ । यस्तो अवस्थामा झापामा केही विधालयहरु विहान लागेका छन् भने केहीले दिनमै विधालय संचालन गर्न थालेका छन् । यस बर्षको उच्च गर्मीका कारण झापाका अधिकांश विधालयहरु झण्डै एक साता देखि १० दिनसम्म बन्द हुन पुगे । तर केही दिन यता विहानको कक्षा संचालन गर्न थालिएको भए पनि पंखा नभएका विधालयमा पठन पाठनमा समस्या हुने गरेको छ । दक्षिणी झापाका विधालयमा पंखा नहुँदा गर्मी मौषममा सँधै समस्या हुने गरेको रामजानकी आधारभूत विधालयमा कक्षा ८ मा पढ्ने विधार्थी कल्पना थापाले बताउनु भयो ।

दक्षिणी सिमावर्ती क्षेत्र गौरीगंजमा रहेको २६ वटा सामुदायिक विधालय अहिले विहान लाग्न थालेका छन् । सारासन्देशकाे टीमले १ दर्जन हाराहारीकाे विधालयकाे फिल्ड रिपाेटिङ गर्दा धेरैमा पंखा नभएकाे समस्या विधालयका शिक्षकले गुनासाे पाेखेका छन् ।  विधालय विहान लगाए पनि आर्थिक स्रोत नहुँदा पंखा जडान गर्न नसकेकाले विधार्थीमा भने सहज पढाइ हुन नसकेको गाैरीगंज गाउँपालिकाका शिक्षा शाखाका प्रमुख टंकप्रसाद खरेलले बताउनु भयो । खरेलका अनुसार २६ वटा सामुदायिक विधालय मध्ये ३ वटामा मात्र पंखा जडान भएको छ । बाँकी २३ वटा विधालयमा अझै पंखा जडान हुन सकेको छैन । स्थानीय सरकारबाट आवश्यक बजेट विनियोजन नहुँदा पंखा जडानमा समस्या हुने गरेको भए पछि आगामी दिनमा पंखा जडान प्रति आफूहरु प्राथमिकताका साथ अघि बढ्ने उहाँले बताउनु भयो ।

कतिपय विधालयमा विधुत समेत पुगेका छैनन् । पंखा नहुँदां टीनको छाना तातेर बस्नै नसक्ने अवस्था हुँदा रुखको छहारीको सहारामा पढाउनु पर्ने बाध्यता रहेको गौरीगंज गाउँपालिका वडा नं. १ को श्रीराम जानाकी आधारभूत विधालयका प्रधानाध्यापक टेकनारायण राजबंशीले बताउनु भयो । राजवंशीका अनुसार यस बर्ष अध्याधिक बढेको गर्मीले विधार्थीलाई पठनपाठन गर्न धेरै समस्या भएको बताउनु भयो । विधालयको भवन पक्का भए पनि टीनको छाना भएकाले तातिएर भवनभित्र बस्नै नसक्ने अवस्था रहेको बताउनु भयो ।

पंखा जडानमा स्थानीय सरकारले चासो नदेखाए पछि सहयोगी दाताहरुलाई मागेर कार्यालयमा भने जडान गरिएको बताउनु भयो । झापामा संचालित साढे ३ सय सामुदायिक विधालयमा झण्डै १ लाख विधार्थीहरुले अध्ययन गर्दै आएका छन् । पछिल्लो समयको गर्मीको कारण केही विधालय बन्द छन् भने केहीले विहानको कक्षा संचालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हिमाल सागरकाे नयाँ गीतमा निर्देशक पौडेलकाे मोडलिङ (फाेटाे फिचर)
Next post बाढी पहिराेमा परेर पाँचथर र ताप्लेजुङमा १० जना वेपता खाेजी कार्य जारीः दर्जन बढी घर परिवार विस्थापित (फाेटाे फिचर)