भुटानी शरणार्थीको काण्डमा आरसीयु देखि प्रधानमन्त्रीसम्मको नाम मुछिएको अडियो सार्वजनिक (भिडियाे सहित)

प्रधानमन्त्री देखि अन्य धेरैकाे नाम भयाे खुलासा

३ असार २०८०/सारासन्देश समाचार
केही दिन अघि मात्र पूर्पक्षका लागि काराकार चलान भएका नक्कली शरणार्थी प्रकरणमा शुरुमा प्रक्राउ परेका सानु भण्डारी र तत्कालीन भूटानी शरणार्थी शिविर वेलडाँगीका शिविर सुपरीवेक्षकको रुपमा खटिनु भएका सुरेन्द्रराज दाहालबीचको ३२ मिनेटको अडियो सार्वजनिक भएको छ । अडियोमा सन् २०१८ मा प्रमाणिकरण गरेको १ हजार ६ सयलाई किन ढिलो गरेको भनेर आफूले सोधेको र त्यसलाई पनि साछविन गरौंला भनिएको छ । बाँकी पछिल्लो पटक गरेको प्रमाणिकरणको नयाँ छुटको विषयमा समेत कुरा गरिएको छ । भण्डारी र दाहालबीचको कुराकानीमा बालकृष्ण पन्थीको नाम समेत लिइएको छ । पन्थी २०७६ सालमा शरणार्थी समस्या पहिचानका लागि गठित कार्यदलका संयोजकको हुुनु हुन्थ्यो । २०७६ साल जेष्ठको मन्त्रिस्तरीय प्रतिवेदन काम थालेको ३ महिनामा नै बुझाइएको थियो ।
केही संख्याका शरणार्थी जनगणनामा उनीहरुको नाम भएको र विभिन्न कारणले परिचय पत्र नलिएको भन्ने विषय गृह मन्त्रालयमा पहिले देखि नै आएको कान्तिपुर दैनिकका सहायक सम्पादक देवेन्द्र भट्टराईले लिएको अन्तवार्तामा बतााउनु भएको छ ।
२२ मार्च २०२३ मा कान्तिपुरको यूट्यूव च्यालनमा राखिएको उक्त भिडियोमा प्रतिवेदन सार्वजनिक तत्काल नगरेका कारण शरणार्थीको नाममा चलखेल भएको देखिन्छ । पन्थीले तयार पारेको प्रतिवेदन शरणार्थी शिविरमा रहेका ६ हजार ५ सयको विषयमा तयार पारिएको बताइएको छ ।  अध्ययनमा के कति स्वदेश फर्कने, कति पारिवारिक मिलन हुन चाहाने र कति अशक्त जो अर्काको सहयोगमा जिवन गुजारा गरिरहेका बारेमा खण्डिकरण गरेर प्रतिवेदन पेश गरिएको पन्थीले बताउनु भएको छ ।

प्रतिवेदन केही बूँदामा कसो गरे शरणार्थी समस्याबारे समाधान हुन्छ भन्ने सुझाव समेत पेश गरिएको बताउनु भयो । यस्तै प्रतिवेदनको आडमा नक्कली शरणार्थीको काण्ड भएको भए त्यो गलत भएको बताउनु भयो । ४ सय २९ जनाको नाम नयाँ बनाइएको हो कि होइन भन्ने विषयमा समेत पन्थीले थप प्रष्टयाउनु भएको छ । उहाँले भन्नु भएको छ कि, “तयार गरिएको प्रविवेदनमा नयाँ नाम थपिएको भन्ने पछिल्लो सयम मिडियामा आएको थाहा पाएँ । चलखेल भएको मलाई जानकारी छैन ।” ४ सय २९ जना २०७६ सालमा तयार गरिएको प्रतिवेदनमा यूनएचसीआरले गणना छुट भनेर गणनामा छुटेकाहरुको नामावली भएको उहाँले बताउनु भएको छ । ४ सय २९ जना भनेको शुरुमा गणना भएको तर पछिल्लो शरणार्थीको गणनामा छुटेकाहरुको खाटी शरणार्थी भएको नाम भएको पन्थीले बताउनु भयो ।

भूटानी शरणार्थी शिविरमामा गएको बर्ष जिल्ला प्रशासन कार्यालयबाट खटिएको टिमले शिविरमा आएर घरघरमा गएर छानविन गरेको थियो । झापा जिल्लामा सरकारले शरणार्थी समस्या पहिचान गर्न गठित कार्यदल २०७६ जेष्ठ पछि हालसम्म ४ जना प्रमुख जिल्ला अधिकारीहरुले कार्यभार समालिसकेका छन् । २०७८ अशोज १ गते देखि ७७ भदौ १६ गतेसम्म उदयबहादुर राना मगर, त्यस पछि ७८ साल पौष २५ सम्म श्रवणकुमार तिमिल्सिना, त्यस पछि २०८९ साल माघ १० गतेसम्म छविलाल रिजाल रहनु भएको छ । त्यस पछि बर्तमान प्रमुख जिल्ला अधिकारी २०७९ माघ १३ गते देखि शिवराम पोखरेल रहनु भएको छ । याे काण्ड भइरहँदा प्रजिअ काे थिए भन्ने प्रष्ट छुटिन सक्छ । अडियोको आधारमा सिडियोले समेत शरणार्थी शिविरबाट गएको नाम झुटा हो भन्दै च्यातेको बताइएको छ । तर हालसम्म सिडियो र तल्लो स्तरका कर्मचारीहरु भने पक्राउ परेका छैनन् ।

खाटी भुटानी शरणार्थी मधुलाल चापागाँइ आफ्नो प्रमाण देखाउँदै

अडियोमा भूटानी शरणार्थीहरुको एक बर्ष अघि खाटी भुटानीको १ सय ५० जनाको नाम बुझाइएको र त्यो नाम तत्कालिन सिडियोले च्यातेर फाँकेको र नयाँ नाम समावेश गरिएको भन्ने अडियो सुरेन्द्रराज दाहालले दावी गरेका छन् । ४ सय २९ जनाको नाम भनेको यूएनले समेत खाटी शरणार्थी हुन् भनी सिफारिस गरेको र त्यसबाट माल नआउने भन्ने ध्येयमा कुराकानी भएको छ ।
अडियोमा अशोकको, अनिल आचार्य, प्रेम राई, गृह सचिव देखि पीएम भनेर तत्कालिन प्रधानमन्त्री देखि अन्य प्रमको आफन्तलाई समेत पैसा खुवाउनु पर्ने पक्राऊ परेका भण्डारीले बोलेका छन् । सुरेन्द्र दाहालले पनि आमाको रगत खाने, हजुरआमाको रगत खाने भन्दै आफूले नढाँटेको अडान गरेका छन् ।

नक्कली शरणार्थी बनाउने कार्यमा करोड करोड खुवाउनु परेको प्रष्ट बोलिएका छ । यस्तै पीएम देखि उच्च व्यक्तिहरुलाई मात्र साढे ५ करोड बुझाएको दावी गरिएको छ ।
यता नक्कली शरणार्थी काण्डले खाटी भूटानीको मुद्धालाई भने ओझेल पार्न खोजिएको देखिन्छ । फोन अडियोमै शिविरमा बस्ने खाटी भुटानीको विषय पछि कुरा हुन्छ पहिले नक्कली वा माल आउनेलाई जोड दिनु पर्छ भन्ने विषयमा केन्द्रित भएको छ ।  यो अडियो सार्वजनिक भएसँगै अव नेपाल सरकारले यसमा सहभागीलाई कार्वाही गर्छ कि गर्दैन । वा खाटी भुटानीको समस्या प्रति कतिको चासो दिन्छ भनेर आफूहरुले हेरिरहेको शरणार्थी शिविरका सामाजिक अगुवाहरुको भनाइ छ ।

अडियाेसँग बनाइएका सान्द्धर्भिक भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाढी पहिराेमा परेर पाँचथर र ताप्लेजुङमा १० जना वेपता खाेजी कार्य जारीः दर्जन बढी घर परिवार विस्थापित (फाेटाे फिचर)
Next post पूर्वी नेपालकाे ३ जिल्लामा बाढी र पहिरोका काराण तीन जनाको मृत्यु २९ बेपत्ता