
पूर्वी नेपालकाे ३ जिल्लामा बाढी र पहिरोका काराण तीन जनाको मृत्यु २९ बेपत्ता

पाँचथर जिल्लामा १२ वटा पुलमध्ये केही बगाएको र केहीमा ठूलो क्षति पुगेकाे छ । यस्तै, छवटा घर बगाएको र दुई जलविद्युत् आयोजनामा क्षति पुगेको छ । यस्तै, सङ्खुवासभामा भने एक जनाको मृत्यु भएको र अन्य २१ जना सम्पर्कविहीन रहेका छन् । त्यहाँबाट तीन जनाको उद्धार गरिएको पनि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनु भयाे ।

सङ्खवासभामा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले दिनुभएको जानकारीअनुसार बेपत्ता भएकामध्ये १७ जना त्यहाँको सुपर हेवाखोला जलविद्युत् आयोजनाका कर्मचारी छन् । अन्य चारजना भने सर्वसाधारण हराइरहेका हुन् । यस्तै, ताप्लेजुङमा एकको मृत्यु र तीनजना बेपत्ता रहेका छन् । त्यहाँ नौवटा पशु चौपाय मरेको छ । इलामलगायत जिल्लाहरुमा पनि पहिरो गएको र जनजीवन प्रभावित भएको प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।