चट्याङ पर्दा कुदिरहेकाे कार पल्टियाेः ५ जना घाइते

६ असार २०८०,सिन्धुली– वेला वेला नसाेचेकाे घटना हुन पुग्छ । आज दिउँसाे सिन्धुलीको दुधौली नगरपालिका-४ मा बुधबार दिउँसो चट्याङ पर्दा मदन भण्डारी राजमार्गमा गुडिरहेका दुईवटा कार पल्टिएका छन् ।  कार पल्टिदाँ भएकाे दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

स्थानीय बासिन्दाका अनुसार दुधौली नगरपालिका-४ को लक्ष्मीपुर र पचरुखीमा एकसाथ चटयाङ पर्दा उदयपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश वीएवी ५५३९ र प्रदेश ३– ०१–०३२ प ५८६० नं कारहरु अनियन्त्रित भई पल्टिँन पुगेकाे थियाे । कार पल्टिए पछि कारमा सवार पाँच जना घाइते भएका हुन् ।

घाइतेको उद्धार गरी सिर्थौली प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि सिन्धुली अस्पताल र काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय डकाहाले जानकारी दिएकाे छ । सोही बेलाको चट्याङका कारण स्थानीय दुईजना घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नेपालमा सरदर बर्षेनी १ सय जना हाराहारीकाे चट्याङ लागेरै मृत्यु हुने गरेकाे राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणको एक तथ्यांकमा उल्लेख्य छ । विगत १२ बर्षमा १ हजार १ सय ३५ जनाकाे ज्यान गएकाे प्राधिकरणले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ४ लाख रूपयाँ घुससहित ग्रामीण सडक सुधार आयोजनाका तीन कर्मचारी पक्राउ
Next post झापा जिल्लामा फलफूल खेतीका सफल यूवा किसान वेघाको दुःखद निधनः वेघाकाे बाटो उदाहरणीय बनोस्