झापा जिल्लामा फलफूल खेतीका सफल यूवा किसान वेघाको दुःखद निधनः वेघाकाे बाटो उदाहरणीय बनोस्

कृषिमा ४ कराेड लगानी गरेर स्वदेशमै सफलताकाे कथामा थपियाे दुःखान्त पटकथा

६ असार २०८०/डिकेश लामा
पछिल्लो समय स्वदेशमै बसेर केही गर्छौं भन्ने यूवाहरु झापामा व्यवसायिक र ठुल्ठूला कृषि फार्म संचालन गरेर सफलता लिँदै गएका छन् । भनिन्छ छ नि राम्रो काम गर्नेलाई भगवानले चाँडै लान्छन् रे । त्यस्तै भयो शिवसताक्षी निवासी मानबहादुर लिम्बु मदन बेघाको घटना पनि ।
आज बुधवार कन्काई नदिमा दाहसंस्कार गरिएको मदन बेघाले बाह्रदशी गाउँपालिका वडा नं. ७ मा ६० विगाह क्षेत्रमा जिल्लामा नमूनाकोरुपमा कृषि फार्मको विकास गरिसक्नु भएको थियो । दर्जन बढीलाई रोजगारी दिँदै स्वदेशमा परिश्रम गर्नेले विदेशमा भन्दा राम्रो कमाउन सक्छ भन्ने उदाहरण फाल्गुनन्द मदन कृषिका फार्म संचालन गरेर देखाउनु भएको थियो ।
बेघाको मृत्युले कुनै राजनैतिक दललाई ठूलो क्षति पुग्दैन । न संघ संस्थालाई नै । तर उहाँले सृजना गरेको कृषि फार्म र रोजगारदातालाई भने पक्कै असर पुग्नेछ । बेघाको मृत्युमा राजनैतिक नेताको जस्तो समाचार पनि बन्दैन । तर समाजमा कृषि व्यवसायबाट स्वदेश मै सफल हुन सकिन्छ भन्ने बाटो बनाउँदै हिड्ने झापाली यूवा किसानको संख्यामा भने कमि हुन जान्छ । झापामा ड्राइगन खेतीको विरुवा देखि कागति खेतीको विस्तारमा ठूलो योगदान पुर्याउनु भएको थियो । उहाँले थालेको कृषि फार्म जस्तै नेपालमा अन्य धेरै खुल्नु पर्छ भन्ने बेघा केही बर्ष बाँच्न सफल हुनु भएको भए अरु यस्तै कृषि फार्महरु खुल्ने प्रेरणा भने पक्कै मिल्ने कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागार विष्टकाे भनाइ छ ।
बेघाले ६० विगाह जग्गा भाडा तथा खरिद गरेर ६ बर्ष अघि देखि थाल्नु भएको फार्ममा कागती, ड्राइगन फल, मेवा, आँप, महँगो प्रजातिको अगर हुड लगायत मसला र जडिबुटी जन्य अन्य खेती सफल रुपमा गर्दै आउनु भएको थियो । ४ कराेड धेरै लगानी गरेर खेर गइरहेकाे जमिनकाे सदुपयाेग गर्दा कागतीकाे विरूवा र पफल विक्रीबाट मात्रै बार्षिक १५ देखि २० लाख रूपयाँसम्म आम्दानी गर्न सफल हुनु भएकाे छ ।

६६ प्रतिशत नेपालीले गर्ने पेशा कृषि नेपाल सरकारले पहिचान गर्न नसक्दा बर्षेनी ठूलो व्यापार घाटा व्यहोर्नु परिरहेको छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २५ देखि ३० प्रतिशतसम्म हुने गरेको छ । पराम्परागत तवरबाट हुने खेती प्रणालीलाई आधुनिकता तिर लान थालेका झापाको डीएण्डडी कृषि फार्म, मामाभान्जा कृषि फार्म लगायत अन्य दर्जन बढी यूवाहरुले थालेको कृषि फार्मले पछिल्लो समय झापालाई सागसव्जी तथा फलफुलमा आत्मानिर्भरोन्मुख बनाउन टेवा दिँदै आएको छ ।
गत आइतबार पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुरुङ्गा पश्चिम तर्फ विहान साढे ६ बजे तिर पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ३ ख ८६३७ नम्बरको हायस गाडीले वेघा सवार मधेस प्रदेश ०३–०२८ प ६३४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुघर्टना भएको थियो ।
पाँचथर जिल्ला याङबरक गाउँपालिका वडा नं. २ तिमतिम्बु वलिराज वेघा (गैरीघरे जेठा) र आमा पूर्णिमाया माङ्धुम्बोको कोखबाट २०३३ सालमा काइला छोराको रुपमा २०३३ साल वैशाख २७ गते जन्मनु भएका मदन वेघा लामो समय विदेश वसेर स्वदेश फर्कनु भएको थियो । शिवसताक्षी नगरपालिका वडा नं. ११ मा बसोवास रहेको बेघा स्वदेशमा फर्के पछि अर्काको देशमा पसिना बगाउनु भन्दा गाउँघरमै खेर गईरहेको जमिनमा पसिना बगाउने भनेर कृषि फार्म थालेकोले यस अघि सारा सन्देश समाचारको पत्रकारसँग गरिएको कुराकानीमा बताउनु भएको थियो । वेघाको आत्माले शान्ति पाओस् र उहाँले गाउँघरमा थालेको कामले सँधै माथि बढ्ने प्रेरणा मिलोस् सारासन्देश परिवार हार्दिक श्रद्धान्जलीकाे शब्द गुच्छा अर्पण गर्दछ ।
मदन बेघासँग यस अघि २०७९ साल असाेज १२ गते उहाँकै कृषि फार्ममा गरिएको कुराकानीको अंश हेर्नका लागि तलको लिंक थिच्नुहोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चट्याङ पर्दा कुदिरहेकाे कार पल्टियाेः ५ जना घाइते
Next post हवाई इन्धनको मुल्य घटेसँगै भाडा दर घट्याे