पश्चिम नेपालमा चट्याङकाे घटना बढ्दैः २ दिनमा ४ जना मानिस र ४५ भेडा मरे

१० असार २०८०,बागलुङ– २ दिन भित्र पश्चिमी नेपालमा चट्टयाङबाट ४ जनाकाे मुत्यु भएकाे छ । आज विहान बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे तिर चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो ।

चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । चट्याङले घर नजिकै बाँधेको एक भैँसीसमेत मेरेको प्रनाउ केसीको भनाइ छ । घाइते यमकुमारीलाई उद्धार गरी अस्पताल पठाइएको उहाँले बताउनुभयो ।

यस्तै हिजाे मात्र दाङमा चट्याङले लागेर दुई जनाको मृत्यु भएको थियाे । दंगीशरण गाउँपालिका ३ का ३७ वर्षीय वीरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ वर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो । हिजै मात्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए । यस बर्ष मनसुन शुरू भए यता मात्र ९ जनाकाे मृत्यु भइसकेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post तेक्वान्दो डोजाङका जुनियर तथा सिनियर खेलाडीहरुको दमकमा ग्रेडिङ सम्पन्न
Next post झापाकाे माइ पश्चिमका पालिकाकाे बजेटकाे प्राथमिकता फरकः गौरादहको सवै भन्दा धेरै बजेट शिक्षामा (फाेटाे फिचर)