झापामा यस बर्ष नयाँ प्रविधिको मेशिनबाटै धमाधम धान रोपाईं हुँदै (फाेटाे फिचर)

१७ असार २०८०/डिकेश लामा

झापामा यस बर्ष नयाँ प्रविधिको मेशिनबाट धान रोप्ने कार्यालाई जोड दिएको छ । कृषि ज्ञान केन्द्र झापाले मेशिनबाटै विऊ उत्पादन र रोपाईका लागि अनुदान दिए पछि यो बर्ष ठूलो क्षेत्रमा मेशिनबाट धान रोप्ने कार्य धमाधम हुन थालेको छ । मेशिनबाट धान रोप्न लागि मेशिनबाटै विऊ राख्नु पर्ने हुन्छ । मेशिनबाट ट्रेमा राखिएको विऊ रोप्न कति दुरी र कत्रो गाँज लगाउने भन्नेसम्म मेशिनले नै गर्ने गरेको धान रोप्ने यन्त्र चालक सागर आचार्यले बताउनु भयो । आचार्यका अनुसार मेशिनबाट धान रोप्दा समय र लागत दुवै कम हुने बताउनु भयो ।

मेशिनले धान रोप्दा किसानको लगानी समेत कम हुने गर्दछ । समय र लागत बचतसँगै उत्पादन पनि बृद्धि भएको मेशिनबाट धान रोप्दै आएको कमल गाउँपालिकाका कृषि प्राविधिक प्रेम पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार प्रदेश सरकारको ८५ प्रतिशत बजेट ससर्त अनुदानमा मेशिन खरिद गरेर कमलका साना किसान सहकारीले मेशिनमाबाटै धान रोप्न जोड दिन थालिएको छ । मेशिनले धान रोप्दा एक दिनमा ४ विगाहसम्म धान सकिन्छ भने मान्छेले हातले पराम्परागत तरिकाले रोप्दा आधा विगाह धान रोप्न नै १५ जना खेताला लाग्ने गरेको उहाँले बताउनु भयो । यसले गर्दा मेशिनबाट अध्याधिक छिटो र कम लागत हुने भएकाले हालै आएर पनि मेशिनबाट रोप्ने गरी ट्रेमा विऊ राख्न थालिएको छ ।

यस बर्षको राष्ट्रिय धान दिवशमा धेरै ठाऊँमा मेशिनबाट रोपाईको प्रदर्शनी गरिएको छ । पछिल्लो समय अनुदानमा कृषि संघ संस्थाले खरिद गरेका मेशिनको प्रयोगलाई व्यापक बनाउन प्ररेति गर्न यन्त्र उपकरणबाट धान रोप्ने कार्यलाई प्राथमिकता दिइएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार मेशिनमा रोप्नका लागि विऊ राख्ने कार्य सिक्ने सिकाउने र राख्नका लागि १५ लाख रुपयाँ अनुदान उपलव्ध गराइएको छ । यस बाहेक यन्त्र उपकरणमा जोड दिन धानबालीमा यान्त्रिकीकरण प्रवर्धन कार्याक्रम नै संचालन गरिएको छ । याे कार्यक्रम झापाकाे गाैरादह, कमल र विर्तामाेड नगरपालिकामा संचालन भएका छन् । जहाँ ८० विगाह क्षेत्रमा धान राेपिएकाे छ । जसका लागि १५ लाख रुपयाँ अनुदान बजेट विनियोजन गरी कार्याक्रम संचालन गरिएको छ । झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा बर्षे धान रोपाईं हुने गर्दछ । सरकारले अनुदान दिन थाले पछि पछिल्लो समय मेशिनकै प्रयोगबाट विऊ राख्न, काट्ने र थन्काउने समेत हुन थालेको किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भारत साफ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि कुवेतसँग भिड्ने
Next post कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापालाई उम्मेदवार बनाउने गठबन्धनको निर्णय