कमलमा झापाकाे पहिलाे आलु महोत्सव सम्पन्न

झापा– झापाको कमल गाउँपालिकामा मंगलबार पहिलो आलु महोत्सव तथा कृषि प्रदर्शनी सम्पन्न भएकाे छ । गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्याक्रममा ७ वटै वडामा खेतीमा लागेका किसानले उपार्जन गरेका सामाग्री प्रर्दशनमा राखिएकाे छ ।

विगतमा समेत वर्षेनी कृषि प्रदर्शनी गर्ने भए पनि कृषि ज्ञान केन्द्र मार्फत आलु व्लक कार्यक्रम संचालन भए पछि पहिलो पटक आलु महोत्सव गरिएको गाउँपालिकाले जानकारी दिएकाे छ ।

महोत्सवका गाउँपालिकाका किसानहरुले उत्पादन गरेको विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथीकाे रूपमा प्रदेश १ का भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम राना लगायतका अतिथिहरुलाई तरकारीहरुबाट बनाइएको मालाले स्वागत गर्दा किसानकाे खाटी सँस्कृति झल्किएकाे किसानले बताएका छन् ।

आलु, गाजर, मुला, सिमी लगायतबाट बनाइएको माला र रुखका पातबाट बनाइएको व्याच लगाएर अतिथिहरुको स्वागत गरियो भने खाजाको रुपमा च्याउबाट बनाइएको चिप्स, भुजिया लगायतका परिकार दिइएको थियो ।

प्रदर्शनी अवलोकन गर्दै मन्त्री रानाले किसानहरुले परम्परागत रुपमा खेती गर्दै आएकाले कमलका किसानलाइ प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिनु भएकाे छ ।

मन्त्री रानाले अवलाेकनमा भन्नु भयाे–‘मलाई किसानको यो पौरख देखेर गर्ब लागेको छ, हामीले अब बजार र प्रविधिमा जोड दियौं भने कृषि उपजमा छिट्टै आत्मनिर्भर हुन सकिन्छ भन्ने विश्वास लागेकाे छ ।’

कार्यक्रममा गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेनुप्रसाद शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत सुवाश श्रेष्ठ लगायतले गाउँपालिकाले जैवीक तथा अर्गानिक कृषि प्रणालीमा जोड दिएकाे बताउनु भएकाे छ ।

कार्यक्रममा उत्कृष्ट हुने ४० जना किसानहरुलाई पुरस्कृत गरिएकाे कृषीशाखाका प्राविधिक प्रेमप्रसाद पाेखरेलले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल मंगलबार १६५ निकाे, १६० संक्रमित
Next post ढेड हजार रूपयाँले बढ्याे सुन