चिया बगानको कर उठान नगरसभामा मागः विनियम विपरित कार्यको सुनवाइ नभएको नगरसभाषदको भनाइ (फाेटाे, भिडियाे)

२० असार २०८०/सारासन्देश समाचार
झापाको दमकमा रहेको पूर्व राजा ज्ञानेन्द्र शाहको चिया बगानको कर असुली गर्न कडाइका साथ लाग्न दवाब दिइएको छ ।
बुधबार दमकको १३ औं नगरसभामा नगरसभाषदहरुले चिया बगानको कर असुलीमा नगरपालिकाले चासो नदिएको भन्दै गुनासो व्यक्त गरिएको छ । ५ बर्ष देखि कर नतिरेको र नगरले अझै पनि कर असुलीमा चासो नदिएको भन्दै तत्काल कर असुल गर्न नगर के गर्दैछ भन्ने जानकारी नगरसभाषद नरेश बन्जरा सभा समक्ष माग गर्नु भएको छ । पूर्व राजा शाहको दमकमा ५ सय ७५ विगाह १७ कठ्ठा क्षेत्रफलमा हिमालय महालक्ष्मी डी गार्डेन ठेक्कामा संचालनमा रहेको छ ।
यस्तै नगरभित्र विनियम मिचेर लगाइएका ठेक्काका कार्यहरु तत्काल सच्याउन अर्का सभाषद कमल श्रेष्ठले माग गर्नु भएको छ । श्रेष्ठले दमक बजारमा निर्माणधीन कम्ल्पेक्सको ठेका अगावै १ करोड ९० लाख रुपयाँ पैसा ठेकादारले लगेकाले व्याज मात्रै नगरले ५ लाख रुपयाँ बुझाउनु परेकाले नगरबासीको टाउकोमा ऋण नबोकाउन माग गर्नु भएको छ ।


यस्तै नगरपालिकाले दमक बजारमा लगाउँदै आएको नदि तथा खोला जन्य सामाग्री उत्खनन्मा समेत मापदण्ड विपरित ८ मिटरसम्म उत्खनन् हँुदा समेत ठेकेदारलाई कार्वाही नगरेको प्रति अर्का सभाषद गजेन्द्र धिमालले गुनासो पोख्नु भएको छ ।


यता नगर प्रमुख थापाले हालसम्म भए गरेका काम कार्वाही नीति तथा कार्याक्रम बमोजिम नै भएको भन्दै नगरसभामा सभाषदले राखेका मागको भने कुनै पनि जवाफ दिनु भएन । दमक नगरपालिकाको १३ औं नगरसभाको यस अघि असार १० गते पेश भएको १ अर्व ८४ करोड १२ लाख ३९ हजारको बजेट र नीति तथा कार्याक्रम समेत सभाले पारित गरेको छ । नगरप्रमुख रामथापाको अध्यक्षतामा भएको सभामा ११ जना सभाषदले नगर पालिकाले जन भावना अनुरुपका कामकार्वाहीलाई चुस्त दुरुस्त र पारदर्शी ढंगबाट कायान्यवन गर्न माग समेत गरेका छन् ।

नगरसभामा सभाषदहरूले राखेका विषयसम्बन्धी भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post भारत नवौँपटक साफ च्याम्पियन
Next post विश्वमा बढ्दै तापक्रमः आज दस वर्षयताकै लामो र अत्यधिक गर्मी हुने दिन