विश्वमा बढ्दै तापक्रमः आज दस वर्षयताकै लामो र अत्यधिक गर्मी हुने दिन

२१ असार २०८०,काठमाडौं– आज दस वर्षयताकै लामो दिन हुने भएकाे छ । आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो र अत्यधिक गर्मीको दिन हुने बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले जानकारी दिएको छ ।

पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको र पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले विज्ञप्ति मार्फत उल्लेख गर्नुभएको छ । पृथ्वी र सूर्यबिचको दुरी करिब १५ करोड किलोमिटर छ । तर आजकाे दिन भने सूर्य र पृथ्वी बिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुनेछ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ । सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुन जाने समेत बताउनुभयो । सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ । पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्दुमा पुगेको समयमा सबैभन्दा बढी गर्मी हुने समेत समितिका कार्यकारी निर्देशक डा. शर्माको भनाई छ । आज पृथ्वी सूर्यबाट टाढा रहे पनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन्छ र उत्तरी ध्रुवमा सबैभन्दा बढी गर्मी अनुभूति हुन्छ । उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्ति बसोबास गर्छन् भने १० प्रतिशत मात्र दक्षिणी ध्रुवमा बसोबास गर्छन् । यही समयमा सूर्यबाट टाढा झुकेको हुनाले दक्षिणी ध्रुवमा दिन छोटो, रात लामो र चिसो हुन जान्छ ।

यसै गरी विश्वमा २ दिन जुलाई ३ अर्थात् असार १९ गते हालसम्मकै अत्याधिक गर्मी भएको छ । यूएस नेशनल सेन्टर फर इन्भाइरोन्मेन्टल प्रेडिक्शनका अनुसार जुलाई ३ मा विश्वको औसत तापक्रम १७ डिग्री सेल्सियस नाघेको थियो । यसअघि अगस्ट २०१६ मा १६.९२ डिग्री सेल्सियस सहित सबैभन्दा गर्मी दिन रहेर  रेकर्ड कायम गरेकाे थियो। वैज्ञानिकहरूका अनुसार यसको कारण एल निनो र वायुमण्डलमा बढ्दो कार्बन डाइअक्साइड (CO2) रहेको बताएका छन्। वैज्ञानिकहरुले मानवीय गतिविधिहरु पनि तापक्रम बढ्नुको प्रमुख कारण रहेको पनि जनाएका छन्। फाेसिल फ्यूल्स जल्दा हरेक वर्ष ४० अर्ब टन कारबन्डक्साइड उत्पादन हुने गरेकाे छ । योसँगै जुन महिनामा विश्वकै सबैभन्दा गर्मी भएको महिना हुन पुग्याे ।

वैज्ञानिकले भने– यो रेकर्ड पनि छिट्टै तोड्न सकिने

ग्रान्थम इन्स्टिच्युट फर क्लाइमेट चेन्ज एण्ड द इन्भाइरोमेन्टका वैज्ञानिक फ्रेड्रिक अटोले भने,”हामीले कुनै पनि कोशेढुङ्गा पार गरेका छैनौं जसको उत्सव मनाइयोस् । यो इको सिस्टमको लागी मृत्युदण्ड जस्तै हो,” यस्तै अवस्था रह्यो भने छिट्टै यो कीर्तिमान पनि तोड्ने उहाँले बताउनु भएकाे छ ।  यस वर्षको सुरुदेखि नै अनुसन्धानकर्ताहरूले जमिन र समुद्रमा बढ्दो तापक्रमबारे चिन्ता व्यक्त गरेका छन्। स्पेन र एसियाका कैयाैं देशहरूमा वसन्त ऋतुमा गर्मीले नयाँ रेकर्ड बनाएपछि नर्थ सी जस्ता धेरै ठाउँमा लु चलेकाे थियाे। सामान्यतया याे ठाउँमा गर्मी हुने गरेकाे थिएन । गएकाे साता चीनकाे तापक्रम ३५ डिग्री सेल्सियस उच्चमा भएर गर्मीको लहर चलेको थियो। दक्षिणी अमेरिकामा पनि हिट डाेम र उच्च तापमान  रेकर्ड गरिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post चिया बगानको कर उठान नगरसभामा मागः विनियम विपरित कार्यको सुनवाइ नभएको नगरसभाषदको भनाइ (फाेटाे, भिडियाे)
Next post एसइई नतिजा परिणाम सुधाराेन्मुख माथिल्लो ग्रेड ल्याउने विद्यार्थीकाे संख्या बढ्याे