0 0
Read Time:2 Minute, 11 Second

२२ असार २०८०, गाैरादह– २४ करोडभन्दा बढी रकम ठगेर फरार हरेका झापाको गौरादह–१ का सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा पीडितहरूले जतिसक्दाे चाँडाे पक्राउ गरी फसेकाे रकम असुल गर्न माग गरेका छन् । गाैरादह नगरपालिका वडा नं. १ मा परेकाे उजुरीकाे आधारमा ४ सय ३७ जनाबाट २४ कराेड भन्दा धेरै रकम ठगी गरी गौरादह–२ मा व्यवसाय गर्ने विश्वकर्मा फरार भएका हुन्  । दुई दशकदेखि गौरादह बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका विश्वकर्माले गौरादह–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको नाममा गएकाे असार १५ गते पत्र लेखेर फरार भएका हुन् । गाैरादह नगरपालिका वडा नं. १ का अध्यक्ष नगेन्द्र भण्डारीका अनुसार अहिलेसम्म २४ करोड हाराहारीको दाबीसहित निवेदन परेको छ । एउटै व्यक्तिबाट ५० हजारदेखि ४० लाखसम्म ठगिएको दावी गरिएकाे बताउनु भयाे ।

पीडितले दिएको निवेदनका आधारमा गौरादह नगरपालिकाको न्यायिक समितिले पनि प्रक्रिया अघि बढाउने भएको छ । न्यायिक समितिका संयोजक तथा उपप्रमुख जलवर्षा राजवंशीले यसबारेमा सर्वदलीय बैठक पनि बसेको र शुक्रबार न्यायिक समितिको बैठक बसेर प्रक्रिया अघि बढाउने जानकारी दिनु भयाे । जिल्ला प्रशासन कार्यालय झापाले फरार रहेका सोमराजको खोजी भइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले यो घटनाका बारेमा प्रशासन जानकार रहेको र हराइरहेका विश्वकर्माको खोजी भइरहेको जानकारी दिनु भयाे  । पीडितहरूले जतिसक्दाे चाँडाे पक्राउ गरी फसेकाे रकम असुल गर्न माग गरेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *