बाँध निर्माणले जोखिम क्षेत्रमा सुरक्षाः बजेट अभावले सवै तिर बाँध निर्माण हुन नसक्दा अझै धेरै बस्ती बग्ने खतरा (फाेटाे फिचर)

२५ असार २०८०,बाल दिवश तामाङ

लगातार २ बर्ष देखि बाढी पसेर समस्यामा पर्दै आएका खयरबारी बस्तीका बासिन्दा यस बर्ष देखि ढुक्कले निदाउन पाएका छन् । खयरबारी जस्तै अन्य केही बस्तीमा बाँध निर्माणले यस बर्ष बाढीबाट सुरक्षित हुन सकिने आशा पलाएको स्थानीय बासिन्दाले बताएका छन् ।झापाको कमल गाउँपालिका खयरबारी क्षेत्र रतुवा बाढीको उच्च जोखिममा थियो । विगत बर्षमा आएको बाढीले बस्ती जोगाउने बाँध नै फुटाए पछि बस्तीका दर्जनौं मानिस रातरात गाउँ छाडेर भाग्नु परेको थियो । तर यस बर्ष वेलैमा बाँध निर्माण गरेकाले बाढी आउँदा अव कता भाग्ने भन्न समस्या हटेको स्थानीय गजेन्द्र भूजेलले बताउनु भयो । भूजेलका अनुसार बाँधले बस्ती जोगिए पनि दक्षिणी क्षेत्रका जमिनको भने अझै सुरक्षा नहोला कि भन्ने आशंका रहेको छ । बाँधको लम्बाई जोखिम क्षेत्र सवै तिर पुग्न नसकेकाले खेती गरी खाने जग्गा भने धेरैको बग्न सक्ने जोखिम भने नहटेको उहाँले बताउनु भयो ।

त्यसो त खयरबारी जस्तो उच्च जोखिममा रहेका दर्जनौं बस्तीमा सवै तिर बाँध निर्माण हुन सकेका छैनन् । जिल्लामा नदि तथा खोला नियन्त्रणका लागि १३ बर्ष अघि स्थापना भएको जनताको तटबन्ध कार्याक्रमले बजेट अभावकै काराण जोखिम क्षेत्र सवै स्थानमा बाँध निर्माण गर्न नसकेको कार्यालयका प्रमुख यादव बरालले बताउनु भयो । झापामा कुल ३ सय किलो मिटर क्षेत्रमा बाँध निर्माण गर्नु पर्ने छ । कार्यालय स्थापना भए यता १ सय किलो मिटर बाँध निर्माण भईसकेको छ । झापाको हात्तीसार, बामखाडी, क्याम्पा बजार आसपास क्षेत्र, रतुवाको खयरबारी, कन्काइ नदिको होकलबारी लगायतका क्षेत्रमा १२ किलो मिटर हाराहारीमा बाँध निर्माण भएको छ । यथेष्ट बजेट नहुँदा जोखिम क्षेत्र सवै तिर बाँध निर्माण हुन सकेको छैन । तथापि हालसम्मको बाँध निर्माणले केही सुरक्षा भने प्रदान गरेको बरालले बताउनु भयो ।

यस बर्ष जिल्लामा दर्जन बढी स्थानमा बाँध निर्माण गरिएको छ । तर अझै पनि कतिपय क्षेत्रमा ठेक्का लागेर पनि बाँध निर्माण हुन नसक्दा बस्ती जोखिममा रहेको गत बर्ष बाँध फुटाएर बाढी पसेको क्षेत्र गौरादह नगरपालिकाको डुवाहटोलीका बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दा महम्मद मियाँका अनुसार यस बर्ष ठूलो बाढी आयो भने गत बर्ष अस्थायी रुपमा लगाएको बाँध बगाएर बाढी बस्ती तर्फ पस्ने खतरा रहेको छ ।

अघिल्लो बर्ष आएको बाढीले ४ हजार हेक्टर भन्दा धेरै जमिन बगरमा परिणत भयो भने धेरै घर परिवार घर छाडेर विस्थापित समेत हुनु पर्यो । यस बर्ष त्यस्ता अति जोखिम क्षेत्रमा १२ किलोमिटर क्षेत्र बाँध निर्माण गरिएको जनताको तटबन्ध कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ललिता जग्गा प्रकरणमा सूचना तथा संचार मन्त्रालयका सचिव राउत पक्राउ
Next post सवारी साधानकाे ठक्करबाट पथरीमा दुई वटा हरिणको मृत्यु