सवारी साधानकाे ठक्करबाट पथरीमा दुई वटा हरिणको मृत्यु

२५ असार २०८०,मोरङ– मोरङको पथरी शनिश्चरेमा सवारी साधानकाे ठक्करबाट दुईवटा हरीण मृत फेला परेका छन् । आज विहान करिब ११:२५ को समयमा पुर्व पश्चीम महेन्द्र राजमार्ग अन्तर्गत पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १० स्थित शिवर डाँडामा सवारीको ठक्करबाट २ हरीणको मृत्यु भएको हो । पशुपती सामुदायीक वनको संरक्षणमा रहेको हरीणले बाटो क्रस गर्ने क्रममा सवारीले ठक्कर दिएकाे कारण हरीणको मृत्यू भएको सव डिभिजन वन कार्यलय पथरी शनिश्चरेका प्रमुख दिवश कुमार चौधरीले जानकारी दिनु भयाे । ठक्कर दिने सवारीकाे पहिचान हुन सकेकाे छैन ।

पशुपती सामुदायीक वनले ११ महिनाबाट उक्त हरीणलाई संरक्षण गरेरको थिए । मृत्यु हुने हरीण एउटा बच्चा र अर्को गर्भिणी पोथी रहेका छन् । सव डिभिजन वन कार्यलय पथरी शनिश्चरे मातहतमा एक महिनाभित्र ५ वटा दुर्घटना भएका छन् । ४ वटा दुर्घटनामा ५ वटा हरीणको मृत्यु भएको छ भने एउटा शिकारीको कारणले मरेको बन कार्यालयले जानकारी दिएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाँध निर्माणले जोखिम क्षेत्रमा सुरक्षाः बजेट अभावले सवै तिर बाँध निर्माण हुन नसक्दा अझै धेरै बस्ती बग्ने खतरा (फाेटाे फिचर)
Next post मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरा नजिक दुर्घटना