२६ असार २०८०, सारासन्देश समाचार–लुक्लाबाट आज विहान उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्वुको लामजुरामा दुर्घटना भएको छ । सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिनु भएकाे छ । उहाँका अनुसार घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा चालक चेतबहादुर गुरुङ र ५ यात्रु गरी ६ जना सवारी भएका छन् ।
सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ९ बजेर ५२ मिनेटमा उडेको ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको हो ।