कोशी सरकार गठनविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेशः तत्काल कसकाे सरकार बन्ने भन्ने थप अन्याेल
२७ असार २०८०, काठमाडौँ – कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आज अपरान्ह आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारलाई मुद्दा किनारा नलागुन्जेल दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको हाे ।
प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षरलाई मान्यता दिएर उद्धव थापाको नेतृत्वमा गठन गरिएको सरकार विरुद्ध निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका गर्नु भएकाे थियाे ।
कोशी सरकार गठन प्रक्रियालाई लिएर संघीय संसद्मा पनि व्यापक आलोचना भएको भइरहेकाे छ । सर्वोच्च अदालतले प्रदेशसभामा सभामुख गौतमको हस्ताक्षरसहितको बहुमत पुर्याइएको सम्बन्धमा पनि प्रदेश प्रमुख पर्शुराम खापुङलाई कारण देखाउन आदेश दिएको छ । याे आदेशसँगै अव काेशी प्रदेशकाे सरकार कसकाे नेतृत्वमा बन्छ भन्ने टुङ्गाे तत्काल लाग्ने देखिएकाे छैन । प्रदेशमा ठूलाे पार्टीकाे रूपमा एमाले रहेकाले संविधान अनरुप ठूलाे दलले सरकार संचालन गर्न पाउनु पर्ने अडान एमाले पार्टीले राख्दै आएकाे छ ।