सप्तकाेशी नदिमा ट्रक हरायाेः ट्रकमा रहेका ३ जनाकाे सकुशल उद्धार

२९ असार २०८०, सुनसरी– सप्तकोशीको पुलबाट नदीमा ट्रक खसेर वेपता भएकाे छ । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा आज बिहान ७ बजेर ४० मिनेट तिर बससँग ठोक्किएर ट्रक नदीमा खसेको हो । नदीमा खसेको ट्रक बेपत्ता भएको छ भने प्रहरीले ट्रकमा सवार तीन जनाको सकुशल उद्धार  गरिएकाे छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा ठोक्किएर दुर्घटना भएको थियो । सुनसरी प्रहरीका प्रवक्ता प्हरी नायब उपरिक्षक राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको थियो । नदीमा खसेको ट्रक हराएकाे उहाँले जानकारी दिनु भयाे ।  उद्धार गरिएकामध्ये ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन् । बसका सवार रहेकाहरू भने सकुशल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कोशी सरकार गठनविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेशः तत्काल कसकाे सरकार बन्ने भन्ने थप अन्याेल
Next post दास ढुङ्गाबाट बस खस्दा १९ जना घाइतेः धन्न रूखले थामेर बचायाे यात्रुलाई