0 0
Read Time:1 Minute, 26 Second

२९ असार २०८०,चितवन– चितवनको दासढुङगा नजिक यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाण्डौतर्फ जाँदै गरेकाे ०१-००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई आज बिहान दुर्घटना भएको हो । बसमा सवार ४० जना मध्ये घाइते १९ जनाकाे उपचारका लागि पठाइएकाे छ । बिहान ५ बजेर २० मिनेट जाँदा दुर्घटना भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी भरतपुरको सरकारी अस्पतालमा चालकसहित ८ जनाको उपचार भइरहेको छ । १ जना घाइतेकाे भने उपचारका लागि काठमाडौं लगिएकाे बताइएकाे छ ।

बस सडकबाट करिब १० मिटर तल खसेर रुखमा अडकिएको छ । रूखमा बस नअड्किएकाे भए सिदै नदिमा खस्ने अवस्था थियाे । बस दुर्घटनामा परेकाे खबर पाउन साथ २५ जना प्रहरीको उद्धार सहितको टोली खटेर उद्दार गर्ने काम भएकाे छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *