महाभारतकालीन धार्मिक स्थल चिल्लागढ बहुधार्मिक केन्द्रकाे रूपमा चिनिँदै (फाेटाे फिचर)

२९ असार २०८०/डिकेश लामा

ओझेलमा परेको महाभारतकालीन धार्मिक क्षेत्र चिल्लागढको मुहार फेरिन थालेको छ । झापाको शिवसताक्षीमा रहेको गढको विकासमा तीनै तहका सरकारले सहयोग गरे पछि पछिल्लो समय पर्यटकको आगमन समेत बढेको छ । चिल्लागढ धाममा विभिन्न धर्मावलम्भीहरुको नयाँ मन्दिरहरु निर्माण भए पछि धार्मिक एकताको ऐतिहासिक स्थानको रुपमा समेत परिचित हुन थालेको छ । महाभारतकालीन इतिहास बोकेको स्थलमा हिन्दु, किरात, बौद्ध लगायतका मन्दिर तथा मुर्तिहरु स्थापना भएसँगै बहुधार्मिक क्षेत्रको रुपमा परिचिन बन्न थालेको छ । सरकारले बाँध निर्माण, घेराबारा, मन्दिर स्थापना लगायतका काम गरे पछि गढको विकास हुन थालेको चिल्लागढ धाम व्यवस्थापन समितिका अध्यक्ष शिशिर तुम्बापोले बताउनु भयो । तुम्बापोका अनुसार पछिल्लो समय घेराबारा, बाँध निर्माण देखि पोखरी खन्ने, पानी लगाउने, नयाँ मन्दिर तथा मुर्ति निर्माण गर्ने कार्य भएका छन् । उहाँका अनुसार अर्को सालमा भगवान बुद्धको मुर्ति समेत स्थापना गर्ने योजना रहेको छ ।

महाभारत कालमा कौरबका कारण पाण्डवहरु बनवास जीवन विताउँदा होम गरेर पूजा गरिएको क्षेत्रको रुपमा चिल्लागढलाई स्थानीय बासिन्दाले मान्दै आएका छन् । विक्रम सम्बत २०१३ साल देखि १८ सालसम्म महायज्ञ गरिएको स्थलको विकासमा थप टेवा पुर्याउनु पर्ने ६० बर्ष देखि धामको रेखदेख गर्दै आउनु भएकी ८० बर्षीय माता तिलरुपा काफ्लेले बताउनु भयो । काफ्लेले आफू १९ बर्षको उमेर देखि गढको रेखदेखमा बस्दै आउनु भएको बताउनु भयो । आफूले थाहा पाउँदा जंगल नै जंगल रहेको सो क्षेत्रमा बाघ देखि अन्य जनावरहरु समेत रहने गरेको थियो । पाडण्पहरुले १२ बर्ष बनबास सकेर अन्तिममा होम गर्न बनाइएको कुण्ड रहेको दावी गर्दै आउनु भएकी उहाँले सो क्षेत्रको विकास गर्न सवैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको दुधे देखि करिव ५ किलो मिटर दक्षिणमा रहेको चिल्लागढ धामको विकासले स्थानीय बासिन्दा खुशी बनेका छन् । ओझेलमा परेको यस्तो क्षेत्रको विकासले पर्यटकहरुको समेत चहलपहल बढेको उनीहरुको भनाइ छ । झापामा महाभारतकालीन इतिहाससँग जोडिएका अर्जुनधारा, घैलाडुब्बा, किच्चकबध, सतासीधाम लगायतका आधा दर्जन क्षेत्रहरु रहेका छन् । यस्ता पुराना ऐतिहासिक क्षेत्रका विकास गर्न सके धार्मिक इतिहासको संरक्षणसँगै पर्यटकीय क्षेत्रको समेत विकास हुने सामाजिक अगुवाहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दास ढुङ्गाबाट बस खस्दा १९ जना घाइतेः धन्न रूखले थामेर बचायाे यात्रुलाई
Next post अवैधानिक गर्भपतनले असुरक्षा बढ्दोः बर्षेनी १० लाख गर्भवती मध्ये झण्डै आधा अनिश्चित गर्भधारण