अवैधानिक गर्भपतनले असुरक्षा बढ्दोः बर्षेनी १० लाख गर्भवती मध्ये झण्डै आधा अनिश्चित गर्भधारण

३० असार २०८०/सारासन्देश समाचार, दमक
कानुनी रुपमा गर्भपतन गर्न पाइने भए पनि पछिल्लो समय अवैधानिक तवरबाट हुने गर्भपतनले मातृ सुरक्षामा चुनौती थपिन्दै गएको छ । झापाको दमकमा आज पत्रकारसँग भएको एक अन्तकृया कार्याक्रममा सरकारले तोकेको बाहेकका संस्था, स्वास्थ्यकर्मी र औषधीको प्रयोग हुने गरेकाले अधिकांश किशोरी अवस्थाका उमेरका आमाहरुमा समस्या आउने गरेको स्त्री रोग विशेषज्ञ डा. कृष्ण शाहले बताउनु भयो । सरकारी दमक अस्पतालमा कार्यरत डा. शाहका अनुसार १२ हप्तासम्मको गर्भपतन गर्न आउनेहरु पहिले नै औषधी सेवन गरी समस्या भएर आउने गरेका छन् ।

स्वास्थ्य लाइभ मिडिया प्रालिको आयोजनामा भएको कार्याक्रममा औधषी व्यवस्था विभाग विराटनगर शाखाका अधिकृत टेकेन्द्र मिश्र, बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राध्यापक श्याम लम्साल र स्वास्थ्य विटका पत्रकार अर्जुन अधिकारीले गर्भपतनको क्षेत्र, अवस्था र कानुनी प्रावधानबारेमा स्पष्ट पारेका छन् ।

देशभर बार्षिक हुने १२ लाख गर्भवती मध्ये झण्डै आधा अनिश्चित गर्भधारण हुने गर्दछ । त्यस्ता गर्भ पतन गर्नेक्रममा मातृ सुरक्षामा चुनौती बढेकाले पत्रकारले त्यस विषयमा जोड दिनु पर्ने बताइएको छ । कार्यक्रममा जिल्लाका ३ दर्जन हाराहारीकाे संख्यामा पत्रकारकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post महाभारतकालीन धार्मिक स्थल चिल्लागढ बहुधार्मिक केन्द्रकाे रूपमा चिनिँदै (फाेटाे फिचर)
Next post कृषि यान्त्रिकीकरणोन्मुख बन्दै झापाः परियोजना मार्फत ६ बर्षमा २८ करोड उपकरणमा अनुदान