सुन काण्डमा भन्सार कर्मचारी सहित थप ६ जना पक्राउः हालसम्म १६ जना पक्राउ परे

७ साउन २०८०,काठमाडौं– राजस्व अनुसन्धान विभागले झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा आज सरकारी कर्मचारीसहित थप छ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तीनजना भन्सारका कर्मचारी र तीनजना भन्सार एजेन्ट रहेका राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार भन्सार अधिकृत सन्तोष चन्द, जाँचकीकुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका हुन् ।
यस्तै भन्सार एजेन्टमा सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुली पक्राउ परेका छन् । उनीहरूसँगै अहिलेसम्म उक्त एक सय किलो सुन तस्करी काण्डमा १६ जना पक्राउ परिसकेका छन् ।
गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको अपरेसनमा हङकङबाट ल्याइएको सुन विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको  विभागको टोलीले बरामद गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post डी. कौडिन्य पुरस्कार पत्रकार अधिकारीलाई
Next post कोशी प्रदेशकाे सरकार गठनविरुद्धको रिट सुनुवाइ पूर्ण इजलासमा छिनाेफानाे हुने