हात्ती छेक्ने ढुङ्गाको बाँधले बाहुनडाँगी बासीलाई राहत (फाेटाे फिचर)

१२ साउन २०८०/डिकेश लामा

पूर्वी नेपालको सवै भन्दा धेरै हात्ती प्रभावित क्षेत्र झापाको बाहुनडाँगीमा हात्ती समेत छेक्ने प्रविधिको बाँध निर्माणलाई जोड दिइएको छ । ३ बर्ष अघि देखि लगाउँन थालिएको ढुङगाको ठाडो बाँधले बाढी नियन्णत्रसँगै हात्ती रोक्न समेत काम गरे पछि स्थानीयलाई राहत पुगेको छ । बर्षौं देखि भारतबाट प्रवेश गर्ने जंगली हात्तीको आतंकबाट हैरान भएका बाहुनडाँगीबासीले पछिल्लो समय केही राहत महशुष गर्न थालेका छन् । नदि नियन्त्रणका लागि लगाइएको बाँधले हात्ती प्रवेशमा समेत रोक्ने भए पछि धेरै राहत मिलेको स्थानीय जेष्ठ नागरिक धनबहादुर पाख्रिनले बताउनु भयो । पाख्रिनका अनुसार बाँध निर्माण गरे पछि बाँध बाँधेको क्षेत्रबाट भने हात्तीको प्रवेश भएको छैन । तर अन्य गौंडा तथा सवै तिर बाँध नभएकाले अरुतिरबाट हात्ती पस्ने गरेको बताउनु भयो ।

यो बर्ष मेचि खोलामा ४ स्थानमा यो प्रकारको बाँध निर्माण गरिएको छ । झण्डै साढे ४ करोड बजेट खर्चमा १ हजार ४७ मिटर बाँध निर्माण भएको छ । त्यसको सुरक्षामा सवैले ध्यान दिने हो भने बाढीबाट बच्न थप सहयोग पुग्ने कार्यालयका प्रमुख यादब बरालले बताउनु भयो । बरालका अनुसार यो बर्ष पनि मेचि नगरपालिकाको मेची भन्सार नाका जोड्ने मेची पुल देखि उत्तर झण्डै १७ किलो मिटर भूभागको ४ स्थानमा यो प्रकारको बाँध बनाउन थालिएको छ । तर यथेष्ठ बजेट नभएका कारण आवश्यक क्षेत्र सवै तिर बाँध भने निर्माण भइनसकेको उहाँले बताउनु भयो ।

ढेड मिटर अग्लो ढुङगाको ठाडो बाँधमा हात्तीले नाघ्न नसक्ने प्रकृतिको जाली लगाइएको छ । यस प्रकारको बाँध अझै विस्तार गर्ने हो भने बाढीसँगै हात्तीको आतंक समेत हट्ने स्थानीयको अगुवा बुद्धिमान घिसिङले बताउनु भयो । घिसिङका अनुसार बाँध विस्तार गर्ने हो भने नदिसँगै हात्ती प्रवेश समेत रोकिने बताउनु भयो ।

पूर्वी नेपालको नेपाल र भारतको सिमा क्षेत्रमा बग्ने मेची खोलाले बर्षेनी नेपाल तर्फ कटान गर्दै आएको छ । तर केही बर्ष देखि तारजाली सहितको ढुङगाको बाँध निर्माण थालिए पछि बाँध लगाएको क्षेत्रमा खोलाको बाढीसँगै हात्ती नियन्त्रणमा टेवा पुगेको स्थानीय बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सर्वोच्च फैसलाले कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति बदरः ७ दिन भित्र मुख्यमन्त्री नियुक्ती गर्न आदेश
Next post धरानमा डेंगी प्रकोप तीव्र बन्दैः बालिकासहित थप पाँच जनाको मृत्यु