धरानमा डेंगी प्रकोप तीव्र बन्दैः बालिकासहित थप पाँच जनाको मृत्यु

१२ साउन २०८०,सुनसरी – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेंगी संक्रमणका कारण पछिल्लो नौ दिनयता एक बालिकासहित थप ५ जनाको मृत्यु भएको छ । डेंगी संक्रमणबाट साउन ३ गते धरान–५ देउराली बस्ने ५३ वर्षीया महिला, साउन ७ गते धरान–१० बस्ने ५६ वर्षीय पुरुष, धरान–२ बस्ने ७७ वर्षीय वृद्ध, साउन १० गते उदयपुरको कटारी बस्ने २९ वर्षीय पुरुष र साउन ११ गते धरान ११ बस्ने १० वर्षीया बालिकाको मृत्यु भएको प्रतिष्ठानले जनाएको  छ । यसअघि धरानका ४ जनाको मृत्यु भएको थियो ।

डेंगी क्लिनिकमा हालसम्म १ हजार ६ सय १६ जनाको जाँच गर्दा १ हजार २ सय ९८ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ । बिहीबार मात्र १ सय ४९ जनाको जाँच गर्दा १ सय १७ जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो । १ सय १७ जना संक्रमितमध्ये प्रतिष्ठानका चिकित्सक, नर्स र कर्मचारी १५ जना अर्थात् करिब १० प्रतिशतमा डेगी पोजिटिभ देखिएको डा पोखरेलले जानकारी दिनु भयाे ।

स्वास्थ्यविदका अनुसार राजनीतिक खिचातानीका कारण स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले डेंगी नियन्त्रणमा ध्यान दिन नसक्दा कोरोनाकालमा जस्तै मानिसको ज्यान जान थालेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हात्ती छेक्ने ढुङ्गाको बाँधले बाहुनडाँगी बासीलाई राहत (फाेटाे फिचर)
Next post हटेन हात्ती र मानवको द्वन्द्वः एक दशक यता हात्तीको क्षति वापत ५ करोड बढी रकम वितरण