हटेन हात्ती र मानवको द्वन्द्वः एक दशक यता हात्तीको क्षति वापत ५ करोड बढी रकम वितरण

१३ साउन २०८०/बालदिवश तामाङ

भारतीय हात्ती प्रवेश नरोकिदाँ झापामा अझै पनि मानव र हात्तीबीचको द्वन्द्व अन्त्य हुन सकेको छैन । हात्ती रोक्ने र छुट्टै चरन क्षेत्र बनाउने योजना शुरु भएको ४ बर्ष वितिसक्दा समेत पुरा नहुँदा हात्तीको समस्या हट्न नसकेको हो ।

झापा जिल्लामा हात्ती कोरिडोर निर्माण गर्न थालेको ४ बर्ष वित्तिसक्दा समेत पुरा हुन सकेको छैन । भारतबाट आउने हात्ती प्रवेश गर्ने गौंडामा फेन्सिङ तार लगाए पनि सवै तिर बार लाग्न नसक्दा अझै समस्या खेप्नु परेको हात्ती प्रभावित क्षेत्रका बासिन्दाले दुखेसो पोखेका छन् । मेचिनगर नगरपालिका वडा नं. १ बाहुनडाँगीका बुद्धिमान घिसिङका अनुसार हात्तीको बार कम्जोर बन्दै गए पछि पछिल्लो समय हात्तीले थप दुःख दिन थालेको छ ।

इलामको जिर्मिले देखि मेचिनगरको भारतीय पुल नजिकसम्म १७ किलो मिटर हात्तीलाई रोक्न लगाइएको सोलार फेन्सिन समेत विग्रन थालेको छ । जसले गर्दा पुनः हात्तीको क्षति बढ्न थालेको छ । हात्तीले मानव बस्तीमा गरेको क्षति र मृत्युको राहत मात्र ५ करोड रुपयाँ भन्दा धेरै वितरण भइसकेको डिभिजन बन कार्यालय झापाकी रेन्जर अन्जना पुरीले बताउनु भयो । पुरीका अनुसार झापाको जंगलमा १३ वटा भने रैथाने हात्ती रहेका छन् । तर तिनीहरुका लागि समेत यथेष्ट खानेकुरा नहुँदा हात्ती थेतरो भएर सिधै घर भत्काउने र अन्न खाने गरेको बताउनु भयो ।


१ हजार ६ सय ६ बर्ग किलोमिटर क्षेत्रफल रहेको झापामा ११ प्रतिशत हाराहारी बन क्षेत्र रहेको छ । बनमा बन्यजन्तुका लागि आहारा नभएकाले पनि पछिल्लो समय हात्तीले सिधै घर भत्काउन थालेको छ । पछिल्लो समय हात्ती तथा अन्य जंगल जनावरका लागि खानेकुरा व्यवस्थापन गर्न बाँस, केरा लगायतका बोट विरुवा लगाउन थाले पछि त्यो यथेष्ट नभएकाले हात्तीले खानेकुराका लागि मानिसको घर नै तारगेटमा पर्ने गरेको छ ।

झापा जिल्लामा मानव र हात्तीबीचको द्वन्द्वले १ दशक यता ५५ मानिस र १७ वटाको मृत्यु भइसेको छ । हात्तीको चरन क्षेत्र र हिड्ने कोरिडोरको घेराबारा निर्माणमा ढिलाई हुँदा हात्तीको समस्या हट्न नसकेको बन क्षेत्रका बासिन्दाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post धरानमा डेंगी प्रकोप तीव्र बन्दैः बालिकासहित थप पाँच जनाको मृत्यु
Next post दमक नगरपालिकाकै कवाटरमा प्रमुख प्रशासकीय अधिकृतकाे अनैतिक हर्कतकाे भिडियाे सार्वजनिक