दमक नगरपालिकाकै कवाटरमा प्रमुख प्रशासकीय अधिकृतकाे अनैतिक हर्कतकाे भिडियाे सार्वजनिक

१३ साउन २०८०,झापा – दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले एक युवतीसँग कार्यालयको क्वार्टरभित्रै एक महिलासँग गरेको अनैतिक गतिविधिको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि आलोचना हुन थालेको छ ।

अधिकृतको क्वार्टरमा मदिरा सेवन गरी लठ्ठ भएकी एक महिलाले आफ्नो टिकटक लाइभमै निरौलासँग अनैतिक गतिविधि र संवाद गरेको देखिन्छ । भिडियोमा देखिने महिलाले निरौलालाई श्रीमानको रुपमा सम्बोधन गरे पनि उनी निरौलाकी पत्नी भने नभएकाे र श्रीमति जस्तै मात्र भएकाे भनेकी छिन् । भिडियोमा महिलालाई अंकमाल गर्दै चुम्बन समेत गरेकाे देखिन्छ । मदिराले लठ्ठ देखिएका निरौलाका दुई सन्तान र श्रीमती भने काठमाडौंमा बस्दै आएका छन् ।

विगतमा ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएका बेला पनि निरौला यस्तै गतिविधिका कारण कारबाहीमा परेका थिए । करिब ५ वर्षअघि झापामा सहायक प्रमुख जिल्ला अधिकारी रहेका बेला उनी जग्गा किर्ते काण्डमा संलग्न भएको पाइएको थियो । दमक नगरका एक पूर्वप्रमुख प्रशासकीय अधिकृतले भाइरल भिडियोमा देखिएको कोठा दमक नगरपालिकाको क्वार्टर नै रहेको जानकारी दिएका छन् । निरौलाले भने भिडियो काठमाडौंको एक होटलको पार्टीमा खिचिएको दाबी गरेका छन् ।

दमक नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालले टिकटकमा महिलासँग देखिएको व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला नै भएको दावी गरेका छन् । उनले भने, ‘भिडियोमा देखिएका व्यक्ति निरौला नै हुन, यो क्वार्टरमै त्यस्तो गतिविधि भएको पुष्टी भए दोषीलाई कारबाही हुन्छ ।’

नगर प्रमुख राम थापाले भने घटनाबारे आफू अनभिज्ञ रहेको बताउँदै पन्छिएका छन् । निरौला मेयर थापाका नातेदार पनि हुन् । माओवादीका स्थानीय नेता तीर्थराज बस्नेतले प्रमुख प्रशासकीय अधिकृत जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिबाट नगरकै क्वार्टरमा भएको अनैतिक हर्कत निन्दनीय भएको भन्दै उनलाई तत्काल जिम्मेवारीबाट हटाएर कारबाही गर्नका लागि नगरका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । नागरिक अगुवा महेश घिमिरेले स्थानीय सरकार चलाउने प्रशासकीय प्रमुखबाट भएको यस किसिमको गतिविधि भर्त्सनायोग्य रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा निरौलाको भिडियो भाइरल बनिरहँदा विभिन्न दलका स्थानीय नेता तथा अगुवाहरूले उनको हर्कतको भर्त्सना गर्दै आलोचना गर्न थालेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post हटेन हात्ती र मानवको द्वन्द्वः एक दशक यता हात्तीको क्षति वापत ५ करोड बढी रकम वितरण
Next post प्रमाण नष्ट गर्नका लागि धमाधम दमक नगरकाे क्वार्टरमा रंगरोगन गरिँदैः मेयर थापा भन्छन् मलाई थाहा छैन